काठमाडौं, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संयुक्त राष्ट्रसंघीय आयोग सीएसडब्लु को ६३ औं बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
राष्ट्रपति भण्डारीले ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीले महिलाको नेतृत्वले कसरी विश्वलाई परिवर्तन गर्नसक्छ भन्ने विषयमा धारणा राख्नुहुनेछ । सम्बोधनपछि राष्ट्रपति भण्डारी उच्चस्तरीय गोलमेच बैठकमासमेत सहभागी हुने कार्यक्रम छ । उहाँले राष्ट्रसंघका महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेससंग शिष्टाचार भेट गर्नुहुनेछ ।
त्यस्तै राष्ट्रपति भण्डारीले आजै स्टोनियाका राष्ट्रपति, क्रोयसियाका राष्ट्रपतिलगायतसंग पनि भेटवार्ता गर्दै हुनुहुन्छ । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घको ७३औं महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले सोमबार सा“झ आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो । गत आइतबार अमेरिका गएको राष्ट्रपति भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्