बारपाक, ११ फागुन । बारपाक सुलिकोट गाउॅपालिकाको केन्द्र ताकुकोटमा निर्माण हुन लागेको कार्यलय भवन तथा वडा नं ८ जराङ्मा निर्माण हुन लागेको शहिद स्मृति पार्कको पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिलन्यास गर्ने कार्यक्रम तय भएको छ ।
फाल्गुण १४ गते शहिद दिल बहादुर रम्तेलको स्मृति दिवसको अबसरमा शिलन्यास गर्ने कार्यक्रम तय भएको हो । बारपाक सुलिकोट गाउॅपालिकाको कार्यलय को आयोजना मा हुने शिलन्यास कार्यक्रममा सम्पुर्णमा उपस्थितिको लागि आग्रह गर्दै गाउॅपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट ले सगरेका छन् । शिलन्यास पछिको संबोधनको कार्यक्रम, सुर्य ज्योती मा बिको नवनिर्मित भवन हस्तान्तरण समारोह तथा सांगितिक कार्यक्रम सुर्य ज्योती माबिको प्राङ्गणमा दिउॅसो १२:१५ बजे सुरु हुने गापा अध्यक्ष भट्टले जानकारि गराउनु भएको छ।
प्रचण्ड को प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पुर्व उपप्रधानमन्त्री तथा नेकपा का प्रबक्ता नारायणकाजी श्रेष्ठ, संघिय सांसदहरु हरि अधिकारी कुमार, चूडामणि खड्का, प्रदेश सांसद प्रकाश चन्द्र दवाडी, पुर्व निर्बाचन आयुक्त दोलख बहादुर गुरुङ, पुर्व सिंविधानसभा सदस्य तथा नेकपाको नेता कृष्ण धिताल, नेपाली कांग्रेस जिल्ला सभापती हरि घले, बिभिन्न राजनैतिक दलका नेताहरु, सामाजिक संघसंस्था को प्रतिनिधीहरु को बिशेस आतिथ्यतामा हुनेछ।
तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध को क्रममा पहिलो शाहदत रुप लाईने शहिद दिल बहादुर रम्तेलकोको भुमीमा जनयुद्ध को कमाण्डर पुष्प कमल दाहाल (प्रचण्ड) पहिलो पल्ट बारपाक सुलिकोट जान लाग्नु भएको हो। दिलबहादुर रम्तेलको घर भएको स्थानमा शहिदहरुको स्मृतीमा सभाहल सहितको पार्क बन्न लागेकोछ। गाउॅपालिका तथा अन्य सरकारि निकायको बजेटमा बन्न लागेको पार्क को डिजाई ईस्टिमेट समेत तयार भएको गाउॅपालिका अध्यक्ष बिष्णु भट्टले जानकारि गराउनु भएकोछ। स्थानिय बासीहरु समेत पूर्वप्रधानमन्त्री प्रचण्डको आगमन आफ्नो क्षेत्रमा हुने कूराले निकै उत्साहित भएकाछन्।
प्रतिक्रिया दिनुहोस्