काठमाडौं , १९ मङ्सिर। लामो बहस र तर्क–वितर्क पश्चात २०७४ साल जेठ ८ गते बसेको मन्त्रीपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिबल हुने घोषणा गरेको थियो ।
विधितायुक्त भौगोलिक अवस्थिति, रहनसहन र संस्कति भएको नेपालमा भलिबल सबै जिल्लाहरुमा खेलिने खेल हो । लागतको हिसाबले होस या आवश्यक मैदानको हिसाबले भलिबल खेल सहज देखिन्छ ।
यही कारणले पनि भलिवल नेपालको राष्ट्रिय खेल बनेको छ । विडम्बना नै भन्नु पर्छ, सहज, सरल र सबैतिर खेलिने खेल भएर पनि भलिबल विकास गर्न कठिन देखिन्न । त्यसमा पनि भलिबल अहिले नेपालको राष्ट्रिय खेल हो । तर पनि यो खेल अझै सरकारी बेवास्थामा पर्दै आएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबल, राष्ट्रिय खेल भएर पनि मुलधारमा आउन संघर्ष गरिरहेको छ । त्यसो त नेपालको राष्ट्रिय खेलबारे कुरा उठ्दा कपर्दी र डण्डिवियो हो भन्ने सहज उत्तर पनि यदाकदा आउने गर्छ । कारण, लामो समयसम्म अनौपचारिक रुपमा राष्ट्रिय खेलको रुपमा कपर्दी र डण्डिवियो रहेकोे थियो । तर यथार्थ फरक छ ।
२०७४ साल जेष्ठ ८ गते बसेको मन्त्री परिषदको बैठकले राष्ट्रिय खेल भलिबल हुने निर्णय ग¥यो । अन्य खेल क्षेत्रका मानिसहरुको केही असन्तुष्टिहरुका बावजुत भलिबल राष्ट्रिय खेलको रुपमा स्थापित भयो । राष्ट्रिय खेलका रुपमा स्थापित हुनु एउटा पक्ष छ, राष्ट्रिय खेलका रुपमा यसको गौरब कायम राख्नु अर्को पक्ष हो । स्थानीय स्तरमा लोकप्रिय भएर पनि अन्तराष्ट्रिय र राष्ट्रिय स्तरमा मुलधारको खेल बन्न भलिबलले अझै पनि संघर्ष गर्न बांकी छ ।
नेपालमा भलिबल खेलमा सकारात्मक पक्षहरु पनि छन् । नेपाली खेलकुद आकाश दोहारो संघ र आन्तरिक राजनीतिक खिचातानीले ढाकेको बेला नेपाल भलिबल संघको भने ७६ जिल्ला मै जिल्ला संघ तथा निर्विरोध निर्वाचित संघको नेतृत्व छ । यसो भन्नुको अर्थ, भलिवलमा गरिएको लगानी पारदर्शी र नतिजामुखि बनाउन धेरै सहज हुन्छ ।
तर, यसमा सम्वन्धित निकायको ध्यान पुग्न सकेको देखिदैन । एकातर्फ राष्ट्रिय खेल, अर्कोतर्फ सम्भावना बोकेको खेल भलिबलमा राज्यस्तर गम्भीर बन्न नसक्दा भलिवलको विकासमा कठिनाइ देखिइरहेको बताउंछन् नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द ।
अन्तर्राष्ट्रिय स्तरमा पनि पछिल्लो समय भलिबलले प्रभाव जमाउने प्रयास गरिरहेको छ । सन् १९७६ मा पाकिस्तानमा पहिलो खेल खेलेर अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाएको नेपालले १८ औ एसियन गेम्समा आइपुग्दा १५ औ रेन्किङ्मा पुग्न समेत सफल भएको छ । एफआइभी को ३६ औं साधारण सभामा पनि नेपाली भलिबलले नेदरल्याण्डस“गको सहकार्यमा विश्वमाझ नेपाली भलिवल सम्वन्धित सामाग्री विश्वमाझ प्रस्तुत गरेको थियो ।
तर, नेपालको आन्तरिका पुर्वाधार भने ध्वस्त रहेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदमा रहेको कवर्डहल पनि जिर्ण अवस्थामा रहेको छ । महासचिव चन्द सबै संघका खेलहरु त्यही आयोजना गर्नुपर्ने भएकाले आफ्नो पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको बताउछन ।
अस्तव्यस्तता सबै खेलमा छ । देशको राष्ट्रिय खेल के हो भन्दा समेत धेरै जना झुक्किने अवस्था छ । भलिबल नेपालको राष्ट्रिय खेल हो । तर पनि सरकारी प्राथमिकताको मुलधारमा पर्न अझै सकेको छैन । देशै भर खेलिने भलिबलका लागि अन्तर्राष्ट्रिय स्तरको कवर्ड हलको पनि सुगमता छैन, नेपालमा । खेलको विकास एउटा पक्ष हो तर राष्ट्रिय खेल अझ महत्वपुर्ण पक्ष । राष्ट्रिय खेल भएर पनि बजेट, पुर्वाधार र सहयोग पाउन भलिवलले संघर्ष गर्नुपर्ने अवस्था विडम्बनापुर्ण बनिरहेको छ ।
राष्ट्रिय खेलकुद राष्ट्रका लागि गौरवको खेल हो । जीतमा गौरव गर्ने तर त्यसको सुधारमा पहल नगर्ने प्रबृद्दि कदाचित राम्रो होइन । राष्ट्रिय गौरवको खेल घोषणा गरेपछि त्यसको विकास र प्रवर्धमा पनि विशेष ध्यान पु¥याउनु सरकारको दायित्व हो ।
प्रतिक्रिया दिनुहोस्