पाल्पा, २२ कातिक । तानसेन वुटवल सडकखण्डको दुरी ३९ किलोमिटर छ । ३९ किलोमिटर यात्रा गर्न २ घण्टा देखी २ घण्टा ३० मिनेट लाग्दछ । २ घण्टा ३० मिनेटको लामो यात्रा लाई ४५ मिनेट भित्र झार्ने महत्वकाक्षी योजनाका साथ शुरु भएको तानसेन वुटवल सडकको घुम्ति सुधार कार्यक्रम अलपत्र भएको छ । सिद्धार्थ राजमार्ग तानसेन वुटवल सडक खण्डमा ५० भन्दा बढी यु (ग)आकारका घुम्तीका कारण सवारी साधन सहज रुपमा चलाउन सकिदैन ।
तत्कालीन मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको सरकारले तानसेन वुटवल सडक खण्डका घुम्तिहरु सुधार गर्दै दुरी छोटो बनाउने र सहज रुपमा सवारी साधन आवत जावत गराउने गरी नमुनाको रुपमा ल्याएको घुम्ति सुधार कार्यक्रम निर्माण व्यबसायीका कारण अलपत्र भएको हो ।
नमुना घुम्ति सुधार समयमै सकिएको भए तानसेन वुटवल सडक खण्डका अन्य घुम्तिहरु पनि कटान हुने गरी कार्यक्रमको डिजाईन गरिएको थियो । निर्माण कम्पनीले काम शुरु गरेको ५ बर्ष वितिसक्दा समेत एक वटा घुम्ति कटान समेत पुर्ण रुपमा सकेको छैन । निर्माण कम्पनी कान्छाराम जयवावा जे.भि.ले घुम्ती कटानको काम अलपत्र बनाएको हो । २०७१ साल असारमा निर्माण कार्यको शुरुवात गरेको कान्छाराम जयवावा जे.भि.ले २०७२ माघ सम्म काम सक्ने गरी ५ करोड ४७ लाख रुपैया ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता सकिएको ३ बर्ष वितिसक्दा समेत निर्माण कम्पनीले कालीमाटी क्षेत्रमा १ वटा घुम्ति मात्र कटान गरी काम अलपत्र छाडेको छ । नियमित काम गर्ने हो भने २ महिना भित्र ८ वटा घुम्ति कटान कार्य सकिने अवस्था हुदा हुदै पनि ठेकेदार पुर्ण बहादुर तामाङले काममा आलटाल गर्दै आएका छन ।
तानसेन वुटवल सडक खण्डमा अत्यन्तै लामा कठिन घुम्तिहरु छन । घुम्तिहरुकै कारण बर्षेनी दुर्घटना बढ्दै गएका छन । खिलराज रेग्मी सरकारले तानसेन वुटवल सडकका घुम्ति सुधारको लागी बजेट विनियोजन गरि ठेक्का लगाएपनि निर्माण व्यबसायीको लापरवाहीका कारण जनताले दुःख पाएको तानसेनका ज्योती पाण्डेले बताए ।
३ बर्ष अगाडी नै विनियोजित बजेट बाट डुम्रे पुल देखी चर्चरे सम्मका दुर्घटनाग्रस्त ८ वटा घुम्ति कटान गरी सक्नु पर्ने हो तर हाल सम्म ठेकेदारले एक वटा घुम्ति मात्र कटान गरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
नमुनाको रुपमा घुम्ति कटान अवस्था हेरिकन तानसेन वुटवल सडक खण्डका अन्य घुम्तिहरु कटान गरी ३९ किलोमिटरको यात्रा लाई बढीमा ४५ मिनेटमा सिमित बनाउने उदेश्यले नमुना कार्यक्रमको रुपमा घुम्ति कटान कार्यक्रम अहिले अलपत्र भएको छ ।
घुम्ति कटान ह“ुदा सडक सिधा हुनेछ, सवारी साधन छिटो र सहज रुपमा गुड्ने छन र यात्रा छिटो हुने उदेश्यले घुम्ति सुधार कार्यक्रम आएको हो । समयमा काम नगर्ने ठेकेदार तथा निर्माण कम्पनीहरु लाई अख्तियार दुरुपयोग अन्सधान आयोग, प्रदेश सरकार तथा केन्द्रिय सरकारले छानविन गरी कारवाही गरेमा मात्र विकास निर्माणका काम छिटो छरितो र तोकिएको समयमा सम्पन्न हुनेछन ।
प्रतिक्रिया दिनुहोस्