काठमाडौं,१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंपछि मन्त्रि हटाउने तयारी गरेका छन ।
सरकारमा रहेकी केही मन्त्रीको कार्यशैलीप्रति चौतर्फी गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीले सो गुनासोलाई सम्बोधन गर्दै काम नगर्ने मन्त्रीलाई हटाउने तयारी गरेको हो ।
यसअघि पनि पटक–पटक मन्त्री हटाउने ओलीको प्रयास प्रचण्ड र माधव नेपालको असहमतिका कारण रोकिएको थियो ।यद्यपि यसपटक भने ओलीले केही मन्त्री हटाएरै छाड्ने भएका छन । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले छठ पर्व लगत्तै मन्त्री फेर्ने तयारी गरेका छन् ।
ओलीलाई मन्त्री हटाउन विष्णु रिमाल, गोविन्द थापासहित उनकै सचिवालयका केही सहयोगी र गुटका नेताले दबाब दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्