(यूनिसान)को अध्यक्षमा मदन राई चयन

2018-08-13 10:18

काठमाडौं, २८ साउन ।  ‘संयक्त राष्ट्रसंघ युवक तथा विद्यार्थी संघ नेपाल’ (यूनिसान)को अध्यक्षमा मदन राई चयन भएका छन् । अन्तर्राष्ट्रिय युवा दिवशको अवसर पारेर आइतबार भएको सम्मेलन मार्फत राईको नेतृत्वमा ११ जना नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो ।

यूनिसानको उपाध्यक्ष्यमा डा. सरल शर्मा, महासचिवमा अम्रित बन्जाडे, सचिवमा बिध्यावती राई, कोषाध्यक्ष्यमा जेफेन लामा, निर्विरोध रुपमा निर्वा्चित भएको निर्वाचन प्रमुख अधिवक्ता दिनेश लामिछानेले जानकारी दिए ।

प्रमुख लामिछानेका अनुसार सदस्यहरुमा निर्मला नेपाली, मनिता पोखरेल, सुनिता डंगोल, सुबिन गुरुङ, बिकाश राई र प्रज्ञावती राई निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रम्मा पूर्व अध्याक्ष्य डा.प्रकाश बन्जाडेले नवनिर्वाचित पदाधिकारीहरु लाई बधाई दिँदै राष्ट्रिय एजेण्डालाई अन्तर्राष्ट्रियकरण गर्दै अन्तर्राष्ट्रिय एजेण्डालाई राष्ट्रिय र स्थानीय तहमा लैजान आग्रह गरे ।

    Comment Here!


सम्बन्धित समाचार

View All