ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी कुटनीतिक तमासा :ओभल अफिस डिज्यास्टर काण्डपछि विश्भर के के भयो ? (विस्तृतमा)


शुभशंक कँडेल

२६ महिना पहिले अमेरिकी कंग्रेसमा स्ट्यान्डिङ ओभेसनः अहिले ओभलअफिसबाट घोक्रेठ्याक
एबीसी टिप्पाणी
: युक्रेन सधैं जटिल मामला बन्दै आएको दुनियाले बुहार्तन भोगिरहेको छ । केवल २६ महिना अघि, जेलेन्स्कीलाई वाशिंगटनमा लोकतन्त्रको योद्धाको रूपमा सम्मान गर्दै कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्न निम्त्याइएको थियो । जेलेन्स्कीको भाषणमा डेमोक्रेट र रिपब्लिकन दुवैले एक क्रूर शत्रुको नाङ्गो आक्रमणको सामना गर्न उभिएको भन्दै उनलाई स्ट्यान्डङ ओभेसन दिएका थिए । २ मिनेटसम्म ताली बजाएका थिए । तर आज उनी नराम्रोसँग पाकिसकेको भात पनि खान नदिईकन गलहत्याइए । उनी ह्वाइट हाउसबाट बाहिरिए, उनको रोजमेरी रोस्टेड चिकन र क्रेम ब्रुलेको लन्च खेर गयो, खनिज सम्झौता हस्ताक्षर भएन तर उनको देशले कीभलाई ढाल्ने रुसको नयाँ धक्कालाई रोक्न सक्ने भविष्यको क्षमता समेत शंकाको घेरामा परेको छ । ट्रम्पले पाँच हप्ते दोस्रो कार्याकाल अन्तर्गत डेनमार्कले ग्रिनल्याण्डको नियन्त्रण संयुक्त राज्यलाई छोड्नुपर्छ, र पानामाले अमेरिकीहरूले बनाएको नहर फिर्ता गर्नुपर्छ भन्ने कुरालाई लगातार जोड दिएका छन्। “मध्य पूर्वको रिभिएरा“ योजना अन्तर्गत गाजाको स्वतन्त्र क्षेत्र कसरी कब्जा गर्न सकिन्छ भन्ने बारेमा उनले “संयुक्त राज्यको प्राधिकरण अन्तर्गत’ गर्ने योजना समेत बनाइसकेका छन् । तर यी सबै विषयको नयाँ ढंगले पटाक्षेप हुने मोडमा आइपुगेको छ ।

pic.twitter.com/Ja8HQTFpf7

— Donald J. Trump (@realDonaldTrump) February 28, 2025

निर्धारित पत्रकार सम्मेलनको खाली हलमा क्यामेराले भरिभराउ दृश्य समेत जेलेन्स्कीलाई ट्रम्प र भ्यान्सले हप्काएकोसँगै भाइरल हुने पुगेको छ । जेलेन्स्कीले वास्तवमै आफ्नो शक्तिको मुख्य स्रोतमाथि दाईं खेल्न खोजिरहेका थिए । यसका दिर्घकालीन परिणामा त भविष्यमा युक्रेनसँगै उनले भोग्नु पर्ने निश्चित छ । ट्रम्पले एक हप्ता पहिले भनेजस्तै एक मध्ययमस्तरीय कमेडियन जेलेन्स्कीले कसरी सन् २०१४ को मैदान रेभुलसन गराएर उनका पूर्ववर्ती भिक्टर यानुकोभिचलाई मस्कको शरणमा पठाइएको थियो भन्ने चटक्कै विर्सेको देखियाो । त्यससँगै उनलाई राष्ट्रपति निर्वाचित गर्दा युक्रेनी जनताले भोट हालेको भएपनि २०१४ देखि २०१९ सम्मको उनी राष्ट्रपति हुनसक्ने बातावरण कसले बानइदिएको थियो भन्ने विर्सेर उनी युरोपेलीहरुको उक्साहटमा ट्रम्पको हैसियतमा उभिन खोज्ने चरम युद्धोन्मादी लोकप्रितिावादी बन्न खोज्दा डुव्न पुगे । विश्वलाई नयाँ राजनीतिक सब समेत उपल्वध गराएर कृतज्ञ भने बनेका छन् ।
अमेरिकी राष्ट्रपतिको ओभल अफिसको विस्फोटक भेटले गठबन्धन र सिद्धान्तप्रतिको प्रतिबद्धताहरूलाई छोडेर कठोर महाशक्ति वार्ताको पक्षमा ट्रम्पको दृढता झल्काएको देखिएको छ ।
पाँच हप्ताको अवधिमा राष्ट्रपति ट्रम्पले अमेरिकाको परम्परागत शक्ति स्रोतहरू—समान विचारधारा भएका लोकतन्त्रहरूसँगको गठबन्धनलाई छोडेर देशलाई कठोर महाशक्ति वार्ताको युगमा फर्काउने आफ्नो दृढता व्यक्त गरेका थिए । युक्रेनसँगको डिज्यास्टरपछि उनले आफ्नो दृष्टिकोणको लागि युक्रेनलाई के गर्नेछन् भन्ने हेर्न भने बाँकी छ ।
ओभल अफिस तमासाले वाशिंगटन र कीभ बीचको तीन वर्षको युद्धकालीन साझेदारी चकनाचुर मात्र भएको छैन, बाँकी युरोपियन गठवन्धन र अमेरिकाबीचको सम्वन्ध कसरी अघि बढ्छ भन्ने प्रश्न अघि आएको छ ।
ट्रम्पको व्यापार वाणिज्य आधारित विदेश नीतिले उनको दोस्रो कार्यकालको पहिलो प्रहरमा नराम्रो धक्का खान पुगेको छ । पृथ्वीका दुर्लभ खनिज दोहनका लागि युक्रेनलाई आत्मसर्पण गराउने ट्रम्पको ट्रिकमा तत्कालाई टरेको छ ।

ट्रम्पको आशय मस्कोको तीन वर्षअघिको गैरकानूनी आक्रमणको इतिहास पुनर्लेखन गर्नु, रुसी युद्ध अपराधहरूको अनुसन्धान छोड्नु वा युक्रेनलाई दीर्घकालीन सुरक्षा ग्यारेन्टीहरु प्रदान गर्न अस्वीकार गर्नु हो भन्दै युरोपेली र अमेरिकाभित्र उनका इतर पक्षले लगाउँदै आएको आरोपमा थप बहस चर्किने निश्चित छ ।जेलेन्स्की आफ्नो विनाशकारी भ्रमणको लागि वाशिंगटनतर्फ जाँदा उनीमाथि बज्र प्रहार हुँदै गरेको अनुमान गर्न सक्ने उनको क्षमतको सवर्था अभाव प्रदर्शन भयो । नै त्यसमाथि ट्रम्पजस्ता सनामधन्य लोकप्रियतावादी र त्यही बाटोबाट आएका जेलेन्स्कीले कुटनीतिक कचहरीलाई सार्वजनिक गरेर लोकप्रिय हुने शैलीले पनि नराम्ररी पटाक्षेप भएको छ ।

विदेश मन्त्री मार्को रुबियो—सीएनउनसँगको अन्तर्वार्तामा युद्धलाई पछाडि छोडेर संयुक्त राज्य, रुस र चीन बीचको त्रिकोणीय सम्बन्ध स्थापना गर्नेसमय आएको बताएर नयाँ मोर्चा खोलेका छन् र
“हामी रुसीहरूसँग असहमति राख्नेछौं, तर हामीले दुवैसँग सम्बन्ध राख्नुपर्छ,“ रुबियोले भनेका छन् र। उनले सावधानीपूर्वक कुनै पनि शब्दावली प्रयोग गर्नबाट जोगिन खोजे पनि ट्रम्पले त्यो शैली पछ्याउँदैनन् । उनी सिनेटरका रुपमा प्रोयुक्रेनीका रुपमा चिनिन्थे ।

रुवियोल भनेका “रुस र चीन ठूला, शक्तिशाली देशहरू हुन् जससँग परमाणु भण्डार छ, उनीहरूले विश्वव्यापी रूपमा शक्ति प्रदर्शन गर्न सक्छन्। मलाई लाग्छ हामीले कूटनीतिक सम्बन्धमा परिपक्वता र समझदारीको अवधारणा गुमाएका छौं।“
तर ट्रम्पले दोस्रो विश्वयुद्धपछिको बनेको प्रणालीले अमेरिकी शक्तिलाई खाइरहेको भन्दै आएका छन् । त्यो प्रणाली अमेरिकाले बनाएको हो । त्यो प्रणालीले लोकतान्त्रिक पूँजीवादप्रति प्रतिबद्ध सहयोगीहरूसँगको नाटो गठबन्धन बनाए सोभियतसँघलाई विघटन गराएको थियो ।
यस्तो प्रणालीले साना र कम शक्तिशाली देशहरूलाई संयुक्त राज्यमाथि प्रभाव पार्ने शक्ति दिएको बुझाई ट्रम्प छन् ।

ट्रम्पकाका पूर्ववर्तीहरू—डेमोक्रेट र रिपब्लिकन दुवै थरिले युरोप र एसियामा गठबन्धनहरू अमेरिकाको सबैभन्दा ठूलो शक्ति वृद्धिकर्ता भएको भन्दै आएकोमा ट्रम्पले उनीहरुले आफूहरुबाट नाजायज फाइदा उठाएको खुलै बताउँदै आएका छन् । सन् २०१६ को राष्ट्रपति अभियानदेखि ट्रम्पले अमेरिकाले संयुक्त राज्यसँग व्यापार अधिशेष चलाइरहेका देशहरूको रक्षा किन गर्ने भन्दै आएका थिए । त्यो कुरालाई उनले इमान्युल म्यक्रों, जस्टिन ट्रुडो र कियर स्टारमर देखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत आमनेसामने राखेर विश्व सामु नै बताइसकेका छन् ।

जेलेन्स्कीले ट्रम्पका यी सबै क्रियाकला देखे पनि उनले आफ्ना युरोपेली समर्थकहरूले जस्तो पाठ पढेनन्। फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले ओभल अफिसमा ट्रम्पलाई शान्त पार्न र युरोपले आफ्नो सैन्य खर्च कसरी बढाइरहेको छ भनेर व्याख्या गर्न विस्तृत योजनाहरूसहित गएका थिए । त्यसको सन्देश समेत उनले बुझ्नु त कता हो कता आफूले अमेरिकी रसदपानी मात्र लिइरहेको समेत विर्सन पुगे ।

“धन्यवाद @POTUS ले अमेरिकाको लागि यस्तो तरिकाले उभिनुभयो जुन कुनै पनि राष्ट्रपतिले पहिले कहिल्यै साहस गर्न सकेनन्,“ रुबियोले सामाजिक सञ्जालमा लेखे। “अमेरिका पहिलो राख्नुभएकोमा धन्यवाद।“

निस्सन्देह, ट्रम्पको मनपर्ने नारा दोहो¥याउन र अवस्थित विश्व व्यवस्थालाई विस्फोट गर्नु नयाँ बनाउनुभन्दा धेरै सजिलो छ। दोस्रो विश्वयुद्धपछिको वैश्विक संलग्नताको नियमहरू बनाउन दशकौं लाग्यो, र यसका सबै कमजोरीहरूको बावजुद, यो प्रणालीले आफ्नो प्राथमिक उद्देश्यहरूमा सफलता हासिल ग¥योः महाशक्ति युद्धबाट बच्न र आर्थिक अन्तरनिर्भरता प्रोत्साहित गर्न।

ट्रम्पले ती नियमहरूलाई केले प्रतिस्थापन गर्ने भनेर कहिल्यै लामो रूपमा व्यक्त गरेका छैनन्, बाहेक यो कि उनी अमेरिकाको सैन्य र आर्थिक शक्ति प्रयोग गरेर सम्झौताहरू गर्नेछन्—मूल रूपमा यो तर्क कि शान्ति कायम राख्नु खनिज सम्झौताहरू र व्यापार सम्झौताहरू सँगै बुन्नु जत्तिकै साधारण छ, सायद केही रियल इस्टेट लेनदेनहरू थपेर।

यस्तो दृष्टिकोणले आफैंमा काम गर्छ भन्ने थोरै नजिर छ, विशेष गरी पुटिन र चीनका राष्ट्रपति सी जिनपिङ जस्ता अधिनायकवादी नेताहरूसँग व्यवहार गर्दा, जसले लोकतन्त्रहरूसँग लामो दृष्टिकोण राख्छन् जसलाई उनीहरू गाह्रो उद्देश्यहरू प्राप्त गर्न आवश्यक निरन्तर इच्छाशक्ति नभएको ठान्छन्।

तर शुक्रबार ओभल अफिसमा भएको प्रदर्शनबाट निर्णय गर्दा, ट्रम्प विश्वस्त देखिन्छन् कि जबसम्म उनी कमान्डमा छन्, विश्व उनले भने अनुसार व्यवस्थित हुनेछ।

पुटिनका सहयोगीहरू ह्वाइट हाउस ट्रम्प–जेलेन्स्कीको चर्काचर्की बैठकपछि खुशी

रुसी राज्य मिडिया र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भ्यान्सले शुक्रबार ह्वाइट हाउसमा युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलाई हप्काएपछि विजयको उत्सव मनाएको अमेरिकी म्यागजिन न्युजविकको अनलाइन संस्करणले लेखेको थियो ।
जेलेन्स्कीको ह्वाइट हाउस भ्रमण रुस–युक्रेन युद्धमा युद्धविरामको लागि ट्रम्पका प्रयासहरूमा संयुक्त राज्यसँग उच्च तनावको बीचमा त्यो बैठक भएको थियो। बैठकमा, ट्रम्पले जेलेन्स्कीलाई “असम्मानजनक“ भएको आरोप लगाए र चेतावनी दिए, “तिमीलाई हामीले के महसुस गर्नुपर्छ भनेर निर्धारण गर्ने कुनै अधिकार छैन। तिमी तेस्रो विश्वयुद्धसँग जुवा खेलिरहेका छौ। मैले तिमीलाई कठोर व्यक्ति बन्न अधिकार दिएँ। तिमीले या त सम्झौता गर्नुपर्छ, नत्र हामी बाहिरिन्छौं। तिमीसँग तास(कार्ड) छैन,“ ट्रम्पले भनेका थिए ।

यो बैठकले अमेरिकी पर्यवेक्षकहरूमा आक्रोशित बनाएको छ । तर रुसी राज्य मिडिया आउटलेटहरू र पुटिनका समर्थकहरूले तुरुन्तै यसको उत्सव मनाएको अधिकांशा पश्चिमा मिडियाले लेखेखका थिए ।
रुसका पूर्व राष्ट्रपति र प्रधानमन्त्री दिमित्री मेदभेदेभ, जो हाल रुसको सुरक्षा परिषद्को उपाध्यक्षको रूपमा कार्यरत छन्, उनले टेलिग्राममा लेखेः “ओभल अफिसमा तीव्र हप्काइ। ट्रम्पले कोकेन विदूषकलाई पहिलो पटक उनको अनुहारमा सत्य बताएइदिएः कीभ प्रशासन तेस्रो विश्वयुद्धसँग खेलिरहेको छ। र कृतघ्न सुँगुरले सुँगुरखोर मालिकहरूबाट ठोस थप्पड पायो । यो उपयोगी छ । तर यो पर्याप्त छैन – हामीले नाजी मेसिनलाई सैन्य सहायता रोक्न आवश्यक छ।“

सरकारी मिडिया आउटलेट आरटीले ट्रम्प–जेलेन्स्की बैठकलाई हप्काइको रूपमा चित्रण गर्दै एक्समा टिप्पणी गरेको छः “जेलेन्स्की हात खुट्टाको बीचमा राखेर बस्छन् जब अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले उनलाई हप्काउँछन्।“

सोही दिन बिहान, ह्वाइट हाउसले रुसी राज्य समाचार एजेन्सी तासका एक रिपोर्टरलाई ओभल अफिसबाट निकाल्यो।

“आजको पूलको लागि स्वीकृत मिडियाको सूचीमा तास नभएपनि उनी त्यहाँ भएको प्रेस कार्यालयका कर्मचारीहरूलाई कसैले बताएपछि प्रेस सचिवले उनलाई बाहिर निकालेको न्युजविकले लेखेको थियो ।

तासले आफ्नो तर्फबाट, जेलेन्स्कीलाई असभ्य र प्रभावहीनको रूपमा चित्रण गरेका धेरै लेखहरू प्रकाशित गर्दै आएको थियो । आउटलेटले संयुक्त राज्यले युक्रेनलाई रुसमाथि समर्थन गर्छ कि भनेर प्रश्नलाई पनि अनुत्तरित छोडेको देखियो।

“जेलेन्स्कीले रुसविरुद्ध आफ्ना सामान्य आरोपहरू दोहो¥याए,“ तासको वेबसाइटमा एउटा लेखमा भनिएको छ। “संयुक्त राज्यबाट थप समर्थनमा विश्वास छ कि भनेर सोध्दा, उनले ट्रम्पलाई जवाफ दिने अवसर दिन खोजे, जसलाई ट्रम्पले बेवास्ता गरे। जेलेन्स्कीले त्यसपछि संयुक्त राज्य युक्रेनको पक्षमा छ भन्न शुरू गरे, तर ट्रम्पले त्यो कथनमा कुनै टिप्पणी गरेनन्।“
ट्रम्प र जेलेन्स्की बीचको शुक्रबारको बैठक ट्रम्पले यो महिना युक्रेन र यसका युरोपेली सहयोगीहरूलाई चकित पार्दै पुटिनसँग युद्ध समाप्त गर्ने बारे जेलेन्स्कीलाई वार्तामा समावेश नगरी संवाद खोलेपछि भएको थियो।
जेलेन्स्कीले जवाफमा ट्रम्पलाई “गलत सूचनाको“ विश्वमा बस्छन् र उनले रुसी कुराकानीका बिन्दुहरूलाई दोहो¥याएको आरोप लगाएका थिए ।
अमेरिकी राष्ट्रपतिले जेलेन्स्कीसँग एउटा सम्झौता गर्न चाहेको र युक्रेनले आफ्नो दुर्लभ–पृथ्वी खनिजहरूको आधा आय हस्तान्तरण गर्ने चाहाना राखेका थिए । सम्झौताको नवीनतम मस्यौदामा संयुक्त राज्यको तर्फबाट कुनै सुरक्षा ग्यारेन्टीहरू समावेश थिएन। सम्झौता अझै हस्ताक्षर भएको छैन।
जेलेन्स्कीले तिक्तापूर्ण बैकक पछि वक्तव्य जारी गर्दै पोष्ट गरेका छन् ‘संयुक्त राज्य अमेरिकाको महवतपूर्ण भ्रमण। वाशिंगटनमा, मैले अमेरिकी सिनेटको दलीय प्रतिनिधिमण्डलसँग भेटें। हाम्रा छलफलहरू युक्रेनका लागि निरन्तर सैन्य सहायता, सम्बन्धित विधायी पहलहरू, राष्ट्रपति ट्रम्पसँगको मेरो बैठक, न्यायपूर्ण र स्थायी शान्ति हासिल गर्ने प्रयासहरू, युद्ध अन्त्य गर्ने हाम्रो दृष्टिकोण, र बलियो सुरक्षा ग्यारेन्टीहरूको महत्त्वमा केन्द्रित थिए।
हामी संयुक्त राज्य जस्ता रणनीतिक साझेदार र मित्रहरू भएकोमा गर्व गर्छौं। रूसको तीन वर्षको पूर्ण–स्तरीय आक्रमणभरि युक्रेनका लागि दृढ दुई सदनात्मक र दलीय समर्थनको लागि हामी कृतज्ञ छौं।’

कसले के भने ?
जेलेन्स्कीले ट्रम्प र भ्यान्ससँगको बैठकपछि एउटा विज्ञप्ति जारी गर्दै एक्समा भनेका पोष्ट गरेका छन् ः “धन्यवाद अमेरिका, तपाईंको समर्थनको लागि धन्यवाद, यो भ्रमणको लागि धन्यवाद। धन्यवाद २पोटुस कांग्रेस र अमेरिकी जनताहरूलाई। युक्रेनलाई निष्पक्ष र दिगो शान्तिको आवश्यकता छ, र हामी ठीक त्यसैको लागि काम गरिरहेका छौं।“

बेलायती टेलिभिजन प्रस्तोता र लामो समयदेखि ट्रम्प समर्थक पियर्स मोर्गनले एक्समा लेखेः “आजको ओभल अफिसको असफलताबाट एकमात्र विजेता भ्लादिमिर पुटिन हुन्.. र यो विश्वको लागि राम्रो कुरा हो भनेर सोच्ने जो कोही पनि आश्चर्यजनक रूपमा भ्रममा छन्।“
युरोपेली संघका विदेश नीति प्रमुखले घोषणा गर्न पुगे– “स्वतन्त्र विश्वलाई नयाँ नेता चाहिन्छ“
युरोपेली नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई समर्थन जनाएका छन् । डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भएको आश्चर्यजनक टकरावपछि पनि उनीहरुले युक्रेनप्रतिको समर्थन प्रतिवद्धता दोहराएका छन् ।
सामान्यतया युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपतिको नाम उल्लेख नगरीकन शुक्रबार ढिलो गरिएका उनीहरूका टिप्पणीहरूले युक्रेन युद्धको विषयमा अमेरिका र यसका परम्परागत युरोपेली सहयोगीहरू बीचको ठूलो खाडल स्पष्ट उत्पन्न भएको देखाएको छ ।
ट्रम्पले जेलेन्स्कीलाई “शान्तिको लागि तयार छैनन“ भन्ने दाबी गर्दै “तेस्रो विश्वयुद्धसँग जुवा खेलिरहेको“ आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल पोस्टमा, युरोपेली संघका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि काजा कालासले लेखिन्ः
“युक्रेन युरोप हो! हामी युक्रेनको साथमा छौं। हामी युक्रेनलाई हाम्रो समर्थन बढाउनेछौं ताकि उनीहरूले आक्रमणकारीको प्रतिरोध गर्न जारी राख्न सकून्।

“आज यो स्पष्ट भयो कि स्वतन्त्र विश्वलाई नयाँ नेता चाहिन्छ। यो हाम्रो, युरोपेलीहरूको, चुनौती स्वीकार गर्ने जिम्मेवारी हो।“ जेलेन्स्कीलाई प्रत्यक्ष सम्बोधन गर्दै, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले लेखेकी छन्ः “तपाईंको गरिमाले युक्रेनी जनताको साहसलाई सम्मान गर्छ। बलियो, साहसी र नडराउनुहोस् । तपाईं कहिल्यै एक्लो हुनुहुन्न।“ उनले थपेकी छन् “हामी तपाईंसँग निष्पक्ष र दिगो शान्तिको लागि काम गर्न जारी राख्नेछौं।“

बेलायती प्रधानमन्त्री केयर स्टार्मरले जेलेन्स्कीलाई फोन गरेर आफ्नो समर्थन व्यक्त गरेको द गार्डियले लेखेको छ
स्टार्मर—जसले ट्रम्पलाई युक्रेनमा युरोपेली नेतृत्वको शान्ति सेनाको लागि अमेरिकी समर्थन प्रतिबद्ध गराउन प्रयास गरेर असफल भएका थिए । उनले जेलेन्स्कीलाई भनेका छन् “उनी युक्रेनप्रति आफ्नो अटल समर्थन कायम राख्छन् र युक्रेनको सम्प्रभुता र सुरक्षामा आधारित दिगो शान्तिको लागि मार्ग खोज्न आफ्नो भूमिका निर्वाह गरिरहेका छन्,“

वाशिंगटनमा ट्रम्पसँगको आफ्नो बैठकको दुई दिनपछि फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनले अमेरिकी राष्ट्रपतिको आधारहीन दाबीको अप्रत्यक्ष जवाफ दिएका छन् । “रुस आक्रमणकारी हो, र युक्रेन आक्रमण गरिएको जनता हो … यी साधारण कुराहरू हुन्, तर यस्ता समयमा सम्झनु राम्रो हुन्छ।“
युरोपेली नेताहरू पहिल्यै नै दुई हप्ताअघि म्युनिख सुरक्षा सम्मेलनमा भ्यान्सको भाषणले हल्लिएका थिए । जहाँ भ्यान्सले उनीहरूको लोकतन्त्रको अवस्थाको बारेमा व्याख्यान दिएकोकम युरोपेलीहरुलाई आक्रोशित पारेको छ ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिका, युरोप र युक्रेन बीच आपतकालीन बैठकको आह्वान गरेकी छन् ।
“संयुक्त राज्य, युरोपेली राज्यहरू र उनीहरूका सहयोगीहरू बीच तत्काल शिखर सम्मेलन आवश्यक छ, आजका प्रमुख चुनौतीहरू, विशेष गरी युक्रेनबाट शुरू गरेर, जसलाई हामीले हालका वर्षहरूमा सँगै रक्षा गरेका छौं, कसरी समाधान गर्ने भनेर स्पष्ट रूपमा कुरा गर्न,“ मेलोनीले विज्ञप्ति जारी गरेर नै भनेकी छन् ।
नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरेले यो घटनालाई “गम्भीर र निराशाजनक“ भएको टिप्पण्ी गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । “ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्धसँग जुवा खेलिरहेको आरोप लगाउनु गहिरो रूपमा अविवेकी छ र यो कथनबाट म आफूलाई अलग राख्छु,“ उनले भनेका छन् ।

Your dignity honors the bravery of the Ukrainian people.

Be strong, be brave, be fearless.
You are never alone, dear President @ZelenskyyUa.

We will continue working with you for a just and lasting peace.

— Ursula von der Leyen (@vonderleyen) February 28, 2025

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले यो विवादपछि आफ्नो देश युक्रेनको साथमा उभिने बताएका छन् । सान्चेज सन् २०२२ मा रुसको आक्रमणदेखि युक्रेनको कट्टर समर्थक रहँदै आएका छन् । उनले यो हप्ता कीभ भ्रमणमा १ बिलियन युरो सहायता गर्ने प्रतिबद्धता गरेको स्मरण गदर्दै उनले एक्समा लेखका छन्ः “युक्रेन, स्पेन तपाईंसँग छ ।“

ओभल अफिस डिज्यास्टरपछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सामाजिक सञ्जालमा जेलेन्स्की र युक्रेनलाई समर्थन जनाउने पहिलो नेता बनेका थिए । उनले पोष्ट गरेका छन्“तपाईं एक्लो हुनुहुन्न।“

जर्मनीका निवर्तमान चान्सलर ओलाफ शोल्ज, नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक शुफ, लक्जमबर्गका प्रधानमन्त्री लुक फ्राइडेन र पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले पनि बेल्जियम, क्रोएशिया, चेक गणतन्त्र, आयरल्यान्ड, फिनल्यान्ड, लाटभिया, लिथुआनिया, स्लोभेनिया र स्वीडेनका अन्य नेताहरूसँगै युक्रेनलाई समर्थन व्यक्त गरेका फ्रान्सेली दैनिक ले मोन्डेले उल्लेख गरेको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनको रुसविरुद्धको लडाइँ लोकतन्त्रको रक्षा भएको भन्दै“रुसले गैरकानूनी र अनुचित रूपमा युक्रेनमाथि आक्रमण ग¥यो। तीन वर्षदेखि, युक्रेनीहरूले साहस र लचिलोपनका साथ लडिरहेका छन्। लोकतन्त्र, स्वतन्त्रता र सम्प्रभुताको लागि उनीहरूको लडाइँ हामी सबैको लागि महत्त्वपूर्ण छ,“ उनले एक्समा मा पोस्ट गरेका छन् । “क्यानाडा युक्रेनको साथमा रहनेछ,“ ट्रुडोले थपेका छन् ।
“जेलेन्स्कीले अमेरिकी जनताको नजरमा आफूलाई नष्ट गरे,“ राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलन मस्कले एक्स मा टिप्पणी गरेका छन् “युक्रेनमा पठाइएको सयौं बिलियन डलरको वास्तविकता पत्ता लगाउने समय भयो,“ उनले लेखेका छन् ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले शुक्रबार ट्रम्पले ह्वाइट हाउसमा जेलेन्स्कीसँगको चर्काचर्कीको दौरान “संयम“ देखाए, उनलाई हिर्काउनबाट रोकेर। भन्ने टिप्पपी गरेको तास समाचार एजेन्सीले उल्लेख गरकेो छ ।

हंगेरी ट्रम्पको पक्षमा उभियो

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले एक्समा लेखेका छन् “बलिया मानिसहरूले शान्ति बनाउँछन्, कमजोर मानिसहरूले युद्ध गर्छन्। “आज राष्ट्रपति ट्रम्प शान्तिको लागि साहसपूर्वक उभिए। यद्यपि यो धेरैलाई पचाउन गाह्रो थियो। धन्यवाद, श्रीमान् राष्ट्रपति!“
युक्रेनमा पश्चिमी सहायताको मुखर आलोचक ओर्बान, नाटोका अन्य देशहरूसँग रुससँगको नजिकको सम्बन्ध कायम राख्ने उनको निरन्तर प्रयासको कारण विवादमा रहँदै आएका छन् ।
ट्रम्पले बैठकपछि मिडियासँग कुरा गर्दै, फ्लोरिडाको एउटा कार्यक्रममा जान मरीन वनमा चढ्दै गर्दा बैठकको आफ्नो अडान दोहो¥याए, जेलेन्स्की शान्तिको बारेमा गम्भीर छैनन्। “उनी लड्न, लड्न, लड्न जारी राख्न खोजिरहेका छन्,“ ट्रम्पले भने। जेलेन्स्कीले पद छोड्न चाहन्छन् कि भनेर सोध्दा, ट्रम्पले मलाई शान्ति बनाउने कोही चाहिएको छ भन्ने अभिव्यक्तिलाई न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।
विदेशमन्त्री मार्को रुबियो ओभल अफिस डिज्यास्टरमा ट्रम्पलाई बधाई दिने पहिलोमध्ये एक बने । कुनै समय टी–शर्टमा आधुनिक चर्चिलको रूपमा प्रशंसा गरेका व्यक्तिलाई आफ्नो ठाउँमा राख्न सफल हुने कोशिश गरेको भन्दै एक्समा टिप्पणी भइरहेको छ ।

अब के हुन्छ ?
जेलेन्स्कीले ट्रम्प र भ्यान्ससँगको ह्वाइट हाउस बैठकपछि हड्सन इन्स्टिच्युटमा योजना गरिएको उपस्थितिलाई रद्द गर्न पुगे । तर उनले ट्रम्प निकट फक्स न्युजमा तुरुन्तै अन्तार्वार्ता दिए पनि ट्रम्पसँग सम्वन्ध सुधार्नमा केन्द्रित गरेका थिएनन् । अमेरिकी मिडियाले रिपोर्ट गरे अनुसार जेलेन्स्कीलाई ट्रम्पका वरिष्ठ अधिकारीहरूले ह्वाइट हाउस छोड्न भनेका थिए। युक्रेनी राष्ट्रपतिले माफी माग्न अस्वीकार गरे, फक्स न्यूजलाई भन्दै, “मलाई लाग्दैन कि हामीले केही गलत ग¥यौं।“ तथापि, उनले यो बहस पत्रकारहरूको अगाडि नभएको भए राम्रो हुने इच्छा व्यक्त गरे।
शायद जेलेन्स्कीले अहिलेसम्म आफू अमेरिकी नेतृत्वको नाटोको सैन्य उक्साहट र अमेरिकी सहयोगमा नै त्यहाँसम्म आइपुगेको विर्सिए जस्तो देखिन्थ्यो । ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीचको चर्काचर्की “आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा दुर्लभ र नाटकीय“ः रहेको चिनिया सरकारी पत्रिका ग्लोवल टाइम्सले लेखेको छ । यो टिप्पणी धेरै हदसम्म घटनाको प्रतिविम्म जस्तो देखिन्छ । दुई देशका नेताहरूबीचको यो चर्काचर्कीले विश्वभरका पर्यवेक्षकहरूलाई चकित पारेको त थियो नै । ्
चिनियाँ विशेषज्ञहरूले“आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा दुर्लभ र नाटकीय“ भनेर वर्णन गरेको ग्लोवल टाइम्सले उल्लेख गरेको छ । यो दुर्लभ र नाटकीय सार्वजनिक बहस दुई देशका राष्ट्रपतिहरूबीच आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा असामान्य छ र युक्रेन संकट समाधान गर्ने तरिकामा दुई पक्षबीचको आधारभूत मतभेदलाई उजागर गरेको छ, सांघाईस्थित चाइना नेशनल इन्स्टिच्युट फर क्ऋइ इन्टरनेशनल एक्सचेन्ज एन्ड ज्युडिशियल कोअपरेसनका विद्वान कुई हेङले ग्लोबल टाइम्स लाई बताएका छन् ।

An important visit to the United States. In Washington, I met with a bipartisan delegation from the U.S. Senate.

Our discussions focused on the continued military assistance for Ukraine, relevant legislative initiatives, my meeting with President Trump, efforts to achieve a just… pic.twitter.com/KJcosUpygc

— Volodymyr Zelenskyy / Володимир Зеленський (@ZelenskyyUa) February 28, 2025


टाइम्सका अनुसार ट्रम्प–जेलेन्स्कीको उच्च जोखिमको द्विपक्षीय बैठकअघिको सामान्य प्रेस पूल स्प्रे, जुन टिभीमा प्रत्यक्ष प्रसारण हुने अपेक्षा गरिएको थिएन, अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सको हस्तक्षेपबाट शुरू भएको अग्निमय विस्फोटमा परिणत भयो, सिन्ह्वा न्यूज एजेन्सीले उल्लेख गरेको छ ।

वास्तवमा, रुस र युक्रेन दुवैलाई वार्ताको टेबलमा ल्याउन अझै लामो बाटो बाँकी छ। केवल अमेरिकाले मात्र शान्ति सम्झौता गर्न र संकटलाई छिटो समाप्त गर्न खोजिरहेको भन्दै सर्वत्र उत्सुकता र आशंका सहित हेरिएको थियो । यो घटनाले ट्रम्प प्रशासनलाई संकट समाप्त गर्न शुरूमा अपेक्षा गरेभन्दा कठिन बनाएको छ।

There is a good chance of achieving full reusability of Starship this year.

Full and immediate reflight of Starship, along with orbital refilling, probably happens next year.

This is the fundamental breakthrough needed to make life multiplanetary. https://t.co/HVtCd9EHKk

— Elon Musk (@elonmusk) February 28, 2025
ट्रम्प र जेलेंस्कीबीचको ओभल अफिस चर्काचर्की सम्वाद पूर्णपाठ पढ्नुहोस्
अमेरिकी राष्ट्रपति कार्यालयमा कहिल्यै नभएको दुर्घटना, ट्रम्प–जेलेंस्की आपसमा भिडे

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com