ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंश नबनाए सडमा जाने प्रधानमन्त्रीको चेतावनी


ABC NEWS

बुटवल १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना (एमसीस) नेपालको सदनबाट पास गर्दा गरिएको १२ बुँदे घोषणालाई सम्झौताको मूल अंश नबनाइए आफूहरुका लागि सडकमा उत्रिने बाटो खुल्लै रहेको बताएका छन्।

समाजवादी मोर्चाले बुटवलमा मंगलबार गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा मंगलबार नै नेपाल आइपुग्ने अमेरिकी अधिकारीसँग आफूले १२ बुँदे घोषणा कार्यान्वयनबारे सोध्ने पनि बताएका छन्।

‘एमसीसीबारे अझै पनि धेरै चासो छ। केही साथीहरुको विरोधमा पनि स्वर सुनिएको छ। हामी अझै एमसीसीविरुद्ध सडकमा जाने अवस्था छ। १२ बुँदे व्याख्यात्मक घोषणाका कारण सडकमा जान सक्छौँ’, उनले भने, ‘एमसीसी कार्यान्वयबारे छलफलका लागि एकजना अधिकारी नेपाल आउँदैछन्। हाम्रो घोषणालाई सम्झौताको पाठ बनाउने हो कि होइन भनेर म उनलाई पनि सोध्छु।’

यदि १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंश नबनाइए समाजवादी मोर्चामा सल्लाह गरेर सडकमा उत्रिने प्रधानमन्त्रीले चेतावनी दिए ।

‘यदि १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको मूल अंश नभए त्यसपछि के गर्नुपर्छ ? के हुन्छ? भन्ने मोर्चामा सल्लाह गर्छु’, उनले अगाडि भनेका छन्।

उनले अहिले देशमा केही हुँदैन भनेर निराशा बनाउन खोजिएको पनि बताएका छन्। आफू संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर चीन जाने बताए। त्यहाँ आफूले नेपालको राष्ट्रिय हित र पक्षमा केही नयाँ निर्णय गराउने पनि बताए

‘नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको पक्षमा लडिरहेको छु’, उनले भने, ‘हिजो जनयुद्धमा थिएँ तर अहिले लडाइँको रुप फेरिएको छ अझै म मैदानमै छु।’
त्यस अघि बोलेका माधव नेपालले अमेरिकाले व्याख्यात्मक टिप्पणी नमाने विरोध गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए विरोध गरौं : माधव नेपाल

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

सम्बन्धित

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

नेपाल र मित्र राष्ट्र चीनबीच भएको १३ बुँदे सम्झौता संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक

हुवावेको निरीक्षणपछि बेइजिङमा प्रधानमन्त्री प्रचण्डले भने – डिजिटल नेपाल बनाउने सपना छ

नेपाल र चीनबीच रसुवागढी–केरुङ विद्युतीय प्रसारण लाइन निर्माण गर्ने सहमति

डिजिटल नेपाल बनाउने सपना छ: प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com