ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए विरोध गरौं : माधव नेपाल


ABC NEWS

बुटवल १२ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीमाथि १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए त्यसबारे जनतालाई जानकारी दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

नेपालले एमसीसी यथास्थितिमा पास नहुने अवस्था आएपछि १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्नुपर्ने बाध्यता आफूहरुलाई आइलागेको उनले बताए । साथै त्यसबारे व्याख्यात्मक टिप्पणी कार्यान्वयन हुनेबारे जनतालाई स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनका उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आएकै दिन सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रश्न उठाएका हुन् । पछिल्ला दिनमा माधव नेपाल र झलनाथ खनालका बीचमा एमसीसी लगायतका विषयमा विवाद हुंदै आएका छन् ।

समाजवादी मोर्चाले बुटवलमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘त्यो इन्डोप्यासिफिक स्ट्राटेजीको अंग हुन सक्दैन । त्यो भनेको चीनलाई घेराउ गर्ने रणनीति हो । नेपाल कुनै पनि सैनिक गठबन्धनमा सामेल हुन सक्दैन । हामी कसैलाई शत्रु घोषणा गर्दैनौं । नेपालले नेपालको कानुनभन्दा अरुको कानुन माथि हुनु हुँदैन भन्ने १२ वटा विषयलाई अगाडि सारेको छ ।’
नेपालले विदेशीका धम्की सुन्ने र स्वीकार गर्न नहुने उनको भनाइ थियो । ‘विदेशीका धम्की हामी स्वीकार्दैनौं । हाम्रो लागि सत्ता प्यारो होइन, देश प्यारो हो ।’
उनले देशभन्दा ठूलो सत्ता हुन नसक्ने भन्दै पहिला देशलाई बचाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका थिए ।

यस्तै नेता नेपालले विगतका सरकारबाट भएको कमजोरीका कारण एमसीसी सम्झौता गर्नुपरेको पनि बताएका थिए । उनले भनेका छन्, ‘भोलिदेखि त्यो लागू हुने कुरा सुनिँदैछ । म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, त्यसमा कुनै अनुचित कुरा बाँकी छन् भने, हामीले पास गरेको कुरालाई अमेरिकाले अस्वीकार गरेको हो भने प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस् । गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस् । विदेशीकासामु हामी झुक्नुपर्ने कारण छैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रज्ञा भवनमा एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

एमाले बागमती प्रदेश अधिवेसनको बन्दसत्र सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल

सम्बन्धित

एमाले बागमती प्रदेश अधिवेसनको बन्दसत्र सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल

समिट एयरले छाडेका डाक्टरहरुलाई लिन मन्त्री किरातीले पठाए अर्को जहाज

टिकट काटिसकेका डाक्टरहरुलाई उतारेर माओवादी नेताहरूले चढे समिट एयर

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com