ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्टन्टवाजीबाट रबिको धैर्यताको परीक्षा शुरु (पूरा कागजपत्रसहित)


ABC NEWS

एबीसी टिप्पणी : ‘विदेशको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम रहँदैन र त्यस्तो व्यक्तिले विदेशको नागरिकता त्यागेपछि नेपालको नागरिकता प्राप्त गर्न सक्छ, तर स्वतः होइन, यसका लागि प्रक्रिया पूरा गर्नुपर्छ  । ‘ सर्वोच्च अदालतको संवैधानिक इजालाशले दोहरो नागरिकताका सम्वन्धनमा रवि लामिछाने विरुद्ध परेको रिट निवेदनमा स्पष्ट फैसला गरेको छ ।
स्वतः नेपाली नागरिकता कायम नरहेको सर्वोच्च अदालतको फैसलापछि, तिलस्मी रुपमा राजनीतिको झण्डै शिखरमा पुगेको अभिनय गरेका रवि लामिछाने फेदमा पुगेका छन् ।

उनी विरुद्ध दोहारो राहदानी प्रयोगका मुद्धामा उनले सफाई पाएमा उनी राजनीतिमा फेरि फर्कन पाउनेछन् । तर दोहरो राहदानी प्रयोगले नेपालको कानुनले फौजदारी अभियोग ठहर गरेको छ । त्यही अनुसारको फैसला भएमा लामिछानेले सजायँ भोग्नु पर्नेछ । अमेरिकी नागरिकता कायम रहँदारहँदै त्यागिसकेको नेपाली नागरिकताकै आधारमा उनले नेपाली राहदानी पनि लिएर तीन वर्षसम्म दुवै देशका राहदानी प्रयोग गरे । यो आफैंमा फौजदारी मुद्दा आकर्षित हुने विषय हो  । लामिछानेले एकै पटक दुई देशको नागरिकता र राहदानी प्रयोग गरिरहेकोमा छानबिन गर्न अनुरोध गर्दै गत मंसिरमै गृह मन्त्रालयमा उजुरी परेको थियो  । गृह मन्त्रालयबाट आफूकहाँ आएको उक्त उजुरीलाई जिल्ला प्रशासन कार्यालयले काठमाडौं प्रहरी परिसरलाई पठाएको थियो   ।

तर लामिछाने नै प्रहरीको हाकिम अर्थात गृहमन्त्री बनेपछि सम्बन्धी उनीमाथिको अनुसन्धान रोकियो । अब प्रहरीको अनुसन्धानबाट आरोप सही ठहरिएमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा चलाइनुपर्छ  । जहाँबाट जसरी मुद्धा टुंगिए पनि यो अभियोगको तार्किक निष्कर्षमा नपुगुजेल लामिछाने स्वयंले अनुसन्धानलाई सघाउनु र राजनीतिक सक्रियताका निम्ति धैर्य गर्नु सवैभन्दा उयुक्त हुनेछ । तर उनी गृहमन्त्री बनेर आफ्नै मुद्धा ढिसमिस पार्ने जुन हर्कत गरे । त्यो हेर्दा लामिछानेबाट धेर्यता र संयमको आशा भने त्यति धेरै छैन ।

यदि लामिछाने इमँन्दार छन् भने आइबार नै नागरिकता पुनः प्राप्त गर्नेबित्तिकै छ महिनासम्म गैरसांसद पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाको बाटोबाट लामिछाने फेरि सरकारमा जाने जुन चर्चा भैरहेको छ, त्यसलाई उनले झुटो साबित गर्नुपर्छ  । फौजदारी कसुर मानिने विषयको अनुसन्धान नटुंगिउन्जेल सार्वजनिक जिम्मेवारी लिने धृष्टता उनले गर्नु हुँदैन  । सुशासनको पैरवी गर्दै उदाएको नवदलको साख जोगाउन मात्र होइन, नैतिक राजनीतिको मर्म बचाउन पनि भइरहेको क्षतिबाट थप क्षति हुन नदिनकालागि लामिछाने र उनीद्वारा गठित राष्ट्रिय स्वतन्त्र पार्टी चनाखो बन्नु पर्दछ ।

ऐनलगायत तत्सम्बन्धी प्रचलित अन्य कानुन उल्लंघन नहुने कुरामा ध्यान पु¥याउन समेत त्यतिवेला निर्देशित गरिएको थियो ।

यहां प्राप्त भएका यी कागजपत्रको उचित निरुपण रबिका लागि सबैभन्दा मुख्य विषय हो । विगतमा गरेको उनको स्टन्टवाजी आम मतदातामाथि नै धोका प्रमाण्ति हुंदैछ । त्यसो क्षतिलाई कम गर्न पनि रवि पहिले इमान्दार नेपाली नागरिक बन्न आवश्यक छ । त्यसपछिमात्र उनले राजनीतिक मैदानमा खेल्न उपयुक्त हुनेछ । तर उनको धेर्यताका परीक्षा शुरु भएको यो समयमा सवैखालका चर्का कुरा गर्नेहरुको पनि आत्मपरीण शुरु भएको मन्नु अन्यथा हुने छैन ।

 

 

झुठ लोकप्रियतावादको अवसान, लामिछानेको ३२ दिनमै उपप्रधान सहित पार्टी सभापति पद गयो, फोजदारी अभियोग लाग्ने निश्चत

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com