ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्सेनि विमान दुर्घटना :   नेपाली आकाश असुरक्षित हुँदै, कहिले कस्ता दुर्घटना भए ? 


ABC NEWS

काठमाडौँ १ माघ । यात्रु र चालक दलका सदस्य गरी ७२ जना सवार यती एअरलाइन्सको विमान आइतबार बिहान पोखराको सेती खोचमा दुर्घटना भयो। दुर्घटनामा कम्तीमा ३० जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय, कास्कीले पुष्टि गरेको छ। विमानमा भारतीय पाँच, रुसी चार, कोरियाली दुई, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक–एक जना गरी १५ विदेशी नागरिक पनि यात्रारत थिए।

बिहान १० बजेर ३२ मिनेटमा पोखराका लागि उडेको विमान अन्तिम पटक १० बजेर ५० मिनेटमा सेती खोचमा सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नेपालका आन्तरिक विमानको दुर्घटनामध्ये पछिल्लो दुर्घटना मानवीय क्षतिका हिसाबले सबैभन्दा ठूलो हो। यातायातका दृष्टिले हवाई उडानलाई सुरक्षित मानिन्छ। तर, बर्सेनि विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश असुरक्षित हुँदै गएको देखाउँछ। पछिल्ला तीन दशकमा २७ भन्दा बढी ठूला विमान दुर्घटना भएका छन्।

आठ महीनाअघि २०७९ जेठ १५ गते पनि जोमसोम, मुस्ताङमा तारा एअरको विमान दुर्घटनामा परेर २२ जनाको ज्यान गएको थियो। पोखराबाट जोमसोमका लागि उडेको विमान खराब मौसमका कारण बीचमै दुर्घटना भएको थियो।

त्यसअघि २०७६ वैशाख १ गते समिट एअरको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो।

त्यस्तै, २०७४ फागुन २८ गते बाङ्लादेशको ढाकाबाट काठमाडौं आएको यूएस बाङ्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको थियो। यो विमानमा ७१ यात्रु सवार थिए।

त्यसै गरी २०७२ फागुन १२ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान म्याग्दीमा दुर्घटना हुँदा चालक दलका सदस्य सहित सबै २३ जनाको ज्यान गएको थियो।

२०७० फागुन ४ मा नेपाल एअरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो। पोखराबाट जोमसोमका लागि उडेको यो विमान खराब मौसमका कारण दुर्घटनामा परेको अनुमान गरिएको थियो।

यसअघि २०६९ असोज १२ गते सीता एअरको विमान काठमाडौंमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो। काठमाडौंबाट लुक्लाका लागि उडेको यो विमान उडानको केही मिनेटभित्रै दुर्घटनामा परेको थियो।

२०६८ असोज ८ गते बुद्ध एअरको विमान दुर्घटनामा १९ जनाको ज्यान गएको थियो। माउन्टेल फ्लाइट गएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्कंदै गरेको विमान कोटडाँडामा दुर्घटनामा परेको थियो।

यसअघि २०६७ मंसीर २४ गते तारा एअरको विमान दुर्घटनामा २२ जनाको ज्यान गएको थियो। लामिडाँडाबाट काठमाडौंका लागि उडेको यो विमानले उडेको केही बेरमै सम्पर्क गुमाएको थियो।

विश्वमा सर्वाधिक विमान दुर्घटना हुने देशमध्ये नेपाल पनि एक हो। उच्च डाँडाकाँडा, मौसमी कारण लगायतले गर्दा विमान दुर्घटना हुने गरेका छन्।

त्यस्तै, २०६५ असोज २२ गते यती एअरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गुमेको थियो। काठमाडौंबाट लुक्लाका लागि उडेको यो विमान खराब मौसमका कारण दुर्घटना भएको मानिएको थियो।

नेपालको उड्डयन इतिहासमा १०० भन्दा धेरै दुर्घटनामा ८०० भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। दुर्घटनामा सर्वाधिक ठूलो मानव क्षति सन् १९९२ मा पाकिस्तान एअरलाइन्सको विमान दुर्घटनामा भएको थियो। कराँचीबाट काठमाडौं आउँदै गरेको यो विमान काठमाडौं आइपुग्नु अगावै दुर्घटना हुँदा १६७ जनाको ज्यान गएको थियो। सोही वर्ष थाई एअरको विमान दुर्घटनामा ९९ जनाको ज्यान गएको थियो।

उद्धार कार्य प्रभावित होला भनेर हामी घटनास्थल गएनौँ : गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले खोजी तथा उद्धारको काममा सबै सुरक्षा निकायसहित सरकारी संयन्त्रहरू परिचालन गरिएको जनाएका छन् ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकको केहीपछि सामाजिक सञ्जालमार्फत मन्त्री लामिछानेले यस्तो जनाएका हुन् । उनले दुर्घटनास्थलबाट केही शव निकालिएको जानकारी दिएका छन् ।

‘पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यका लागि सबै सुरक्षा निकायसहित सरकारी संयन्त्रहरू परिचालन गरिएको जानकारी गराउँदछु,’ उनले भनेका छन्, ‘दुर्घटनास्थलबाट केही शव निकालिएका छन् भने थप उद्धारको कार्य जारी छ ।’

उनले प्रधानमन्त्री र आफू घटनास्थल जाने निर्णय भए पनि उद्धार कार्य झन् प्रभावित हुने सम्भावनाको कारण भ्रमण स्थगित गरेको बताएका छन् । ‘म र सम्माननीय प्रधानमन्त्रीज्यू त्यहाँ पुग्दा उद्धार कार्य झन् प्रभावित होला भनेर हामीले अहिले तत्कालका लागि त्यहाँ नजाने निर्णय गरेका छौँ । काठमाडौंबाट लिनुपर्ने निर्णय र उद्धारलगायतका प्रतिकार्यमा कुनै कसर बाँकी नरहने गरी जुटिरहेका छौँ,’ उनले भनेका छन् ।

दुर्घटनास्थलबाट उद्धार जारी रहँदा फेला परेका ६५ शवमध्ये ३० शव अस्पतालमा पुर्‍याइएको छ। बाँकी ३५ शव दुर्घटना स्थलमै रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले  जानकारी दिए।

एउटा शव खोंचमा अल्झिएको अवस्थामा देखिए पनि उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ। उद्धार कार्य जारी छ। अझै जनाको अवस्था अज्ञात छ।

दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिएका छन्। शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ। अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ।

यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा चार चालकदलसहित ७२ जना सवार थिए। ६८ जना यात्रुमा ५३ जना नेपाली र १५ जना विदेशी नागरिक सवार थिए।

 

पोखरा जहाज दुर्घटनाः सबै विमानको प्राविधिक परीक्षणको निर्देशन, नेपालमा १०४ हवाई दुर्घटना, ८ सय भन्दा बढीको मृत्यु , सवैभन्दा बढी यतिकै दुर्घटना (विस्तृतमा))

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौँ : ओली

काठमाडौँ, १६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका

बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु, श्रीमती घाइते

बाँके, १६ माघ । बाँकेको कोहलपुरमा आफ्नै बाबुले पेट्रोल खन्याएर आगो लगाएर छोराको मृत्यु भएको छ । श्रीमती घाइते छिन् । आइतबार साँझ कोहलपुर नगरपालिका–२

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवालाई भाजपा प्रवक्ता इल्मीले भेटिन्

काठमाडौँ, १६ माघ । तीनदिने नेपाल भ्रमणमा आएकी भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता साजिया इल्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग

सम्बन्धित

शहीदका सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न प्रधानमन्त्रीको प्रचण्डको आह्वान

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com