ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा जहाज दुर्घटनाः सबै विमानको प्राविधिक परीक्षणको निर्देशन, नेपालमा १०४ हवाई दुर्घटना, ८ सय भन्दा बढीको मृत्यु , सवैभन्दा बढी यतिकै दुर्घटना (विस्तृतमा))


ABC NEWS

काठमाडौँ १ माघ । नेपालको हवाई उड्ययन इतिहासमा आइतबार पोखराको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ । २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको पहिलो रेकर्ड छ । पहिलो दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको एभीएसन सेफ्टी रिपोर्ट अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५० औं दुर्घटना हो । त्यस्तै नेपालमा हालसम्म एक इन्जिनयुक्त आठ वटा दुर्घटना भएका छन् भने हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी नेपालमा हालसम्म १ सय ४ वटा दुर्घटना भइसकेका छन् ।

यी दुर्घटनामा अहिलेसम्म साढे ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । आइतबारको पोखारा दुर्घटनाबाहेक हालसम्म यी हवाई दुर्घटनामा ८ सय ४९ को मृत्यु भइसकेको छ ।

आन्तरिकतर्फ ३ सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ ३ सय ७५ गरी गरी जम्मा ८ सय ४९ को मृत्यु भइसकेको छ ।

आइतबार पोखराका लागि चार चालक दल र ६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यति एयरको एटीआर विमान घटना यति समूहको २४ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो ।

दुर्घटनाको कारण के हो ?

यसअघि गत जेठमा जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको थियो । सुगम उडानमा यतिको नाममा ५ वटा एटीआर विमान भएको यो कम्पनीसँग अब ४ वटा एटीआर बाँकी छन् ।

अबदेखि सबै विमानको प्राविधिक परीक्षण

सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘यो व्यवस्थाले हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने हाम्रो विश्वास छ ।’

७२ जना सवार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ ।

ल्याण्डिङ क्लियरेन्स’ लिइसकेको विमान कसरी सेती खोंचमा खस्यो, विमानस्थल प्रमुखकै उल्टो प्रश्न

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानले ‘ल्याल्डिङ क्लियरेन्स’ लिइसकेको थियो । र, पाइलटले कुनै समस्या भएको जानकारी गराएका थिएनन् ।

‘पाइलटले विमानमा कुनै समस्या रहेकोबारे पोखरामा एयर ट्राफिक कन्ट्रोलरलाई केही बताएका थिएनन्,’ प्रमुख ठाकुरले भने, ‘के कारणले विमान सेती खोंचमा खस्यो भन्न सकिएन ।’

पोखराको मौसममा पनि कुनै समस्या थिएन । विमान सेती खोंचमा पुग्दासम्म टावरको सम्पर्कमै थियो । विमान सम्पर्कमा रहँदारहँदै ल्यान्डिङ एप्रोच लिने समयमा दुर्घटनामा परेको देखिएको छ ।

विमान कसरी दुर्घटनामा पर्‍यो भन्ने अनुमान गर्न सकिने अवस्था नरहेको ठाकुरले जानकारी दिए । ‘कसरी दुर्घटना भयो भन्नेमा हामी पनि अच्चम्मित छौं,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख ठाकुरले अनलाइनखबसँग भने, ‘अब अनुसन्धानबाटै विमान दुर्घटनाको कारण खुल्ला ।’
जहाज दुर्घटनाको विवरण

आइतबार दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला हुन् । १५ जना विदेशी यात्रु सवार थिए ।

विमान अन्तिम पटक १०ः५० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पर्कमा आएको समेत यतीले जनाएको छ । थप विवरण क्रमशः सार्वजनिक गर्दै जाने समेत कम्पनीको भनाइ छ । यात्रुको विवरण समेत सार्वजनिक भएको छ । यात्रुको अवस्था बारे भने अझै सार्वजनिक भएको छैन ।

 विज्ञप्तिः

यति विमान दुर्घटना : छानबिन गर्न ५ सदस्यीय जाँच आयोग गठन

काठमाडौँ — सरकारले पोखरामा आइतबार भएको यतिको जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैर-सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न जाँच आयोग बनाउने निर्णय गरेको हो ।

जाँच आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहने छन् भने सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथि दीपकप्साद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंङ थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

आयोगलाई दुर्घटनाको जाँचका लागि ४५ दिनको समय तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि अपनाउनुपर्ने वा गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्ने छ ।

यसका साथै घटनाका बारेमा परिवारलाई सत्य-तथ्य जानकारी दिन त्रिभुवन विमानस्थलमा कल सेन्टर बनाउने र पार्थिव शरीर आफन्तहरुले चाहेको स्थानमा पुर्‍याउन सहजीकरण गर्ने निर्णय पनि आकस्मिक मन्त्रिपरिषद् बैठकले गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।

साथै बैठकले नेपालमा आन्तरिक उडान गर्ने सबै विमानहरुको प्राविधिक परीक्षण गर्नुपर्ने र त्यसको अनुगमन नागरिक उड्‍ययन प्राधिकरणले गर्ने पनि निर्णय गरेको छ ।

दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये ११ विदेशी, ३ बालबालिका (नामसहित)

उद्धारको निरीक्षण गर्न त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा प्रधानमन्त्री

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com