ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धन दशैंअघि नै सिट बाँडफाँट टुंगो लगाउँदै, आजदेखि प्रदेशको छलफल


एबीसी / संवाददाता
९ आश्विन २०७९, आइतबार   ११ : ११   बजे

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँट टुंगो लगाउन अझै सकस छ । प्रतिनिधिसभाका लागि सिट टुंगो अन्तिम चरणमा पुर्याएको गठबन्धनले दशैं अघि नै सबै सिट बाँडफाँट सक्ने तयारी थालेको छ ।

प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ क्षेत्रमा सिट बाँडफाँटमा लगभग सहमतिमा पुगेपनि प्रदेशको सिट टुंगो लगाउनेबारे कुनै छलफल नै भएको छैन । आजदेखि भने प्रदेशगत सिट बाँडफाँटका लागि छलफल सुरु भएको माओवादी एक नेताले बताए ।

कार्यदलका एक सदस्यका अनुसार, प्रतिनिधि सभातर्फ केही क्षेत्रबाहेक अब सहमति जुटिसकेको छ ।

प्रदेश सभाका ३३० क्षेत्र कहाँ कुन दलले उम्मेदवारी दिने भन्नेबारे आइतबारदेखि बालुवाटारमा छलफल हुने भएको छ।

‘प्रदेश सभामा सहमति खोजेपछि प्रतिनिधि सभाको मिल्न बाँकी क्षेत्र पनि मिलाउन सजिलो हुन्छ,’ ती सदस्यले भने, ‘दसैंअघि सिट बाँडफाँट टुंगिन्छ।’

प्रत्यक्षतर्फ उठ्न इच्छुक केही नेताहरू समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश गरिएकोले केही क्षेत्र स्वतः मिल्ने देखिएको थियो।

गठबन्धनमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्रमा सुरूमा दाबी गरेका थिए।

सबै दल यो संख्याबाट घटेर सिट बाँडफाँट गर्नका लागि लचक भएका थिए। सिट बाँडफाँटमा प्रतिनिधि सभातर्फ लगभग सहमति भएको दाबी गरिए पनि कुन पार्टीले कति सिटमा उम्मेदवारी दिने हुन् भन्ने कार्यदल सदस्यहरूले अहिले नै खुलाउन चाहेका छैनन्।

‘आज कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदल सदस्यबीच मात्रै छलफल गर्ने तयारी छ,’ ती नेताले भने, ‘प्रदेशहरूमा सहमति गरी त्यसको खाका शीर्ष नेताहरूलाई दिएपछि प्रतिनिधि सभा र प्रदेश सभामा कुन दलले कति-कति सिटमा उम्मेदवारी दिने सार्वजनिक गरिन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको सय दिन ः रास्वपा सांसद, साह भिडियो ।

पटक–पटक फेरबदल, ‘जान्नेले जान्नेलाई छानेको’ आरोप : रास्वपाको केन्द्रीय सदस्यको सूची फेरि बदलियो (सूची)

सम्बन्धित

पटक–पटक फेरबदल, ‘जान्नेले जान्नेलाई छानेको’ आरोप : रास्वपाको केन्द्रीय सदस्यको सूची फेरि बदलियो (सूची)

पहिले हराइएका पूजा र ध्रुवलाई राखेर रास्वपाले जारी गर्‍यो केन्द्रीय सदस्यको अन्तिम सूची

जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा ६ जनाको ज्यान गयो

आज सुनको भाउ तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो

समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल

संविधान संशोधन विगतका उपलब्धिबाट पछाडि फर्कने गरी हुनुहुँदैनः राष्ट्रिय सभा अध्यक्ष दाहाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu