ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्गीय पत्रकार अन्जनकी छोरी आर्यालाई आधुनिक स्कुलले लियो निःशुल्क पढाउने जिम्मा


एबीसी / संवाददाता
२२ जेष्ठ २०७९, आइतबार   ९ : ३७   बजे

सिन्धुली । स्वर्गीय पत्रकार अन्जन राना मगरको छोरी आर्या राना मगरलाई आधुनिक इङ्लिस बोर्डिङ स्कुल सिन्धुलीले निःशुल्क पढाइदिने भएको छ ।

आज विद्यालयमा एक औपचारिक कार्यक्रम गरी आर्याको निःशुल्क शिक्षाको जिम्मा विद्यालयले लिएको हो ।

आधुनिक स्कुलका प्रिन्सिपल भानुभक्त गुरुङले पत्रकार अन्जन राना मगरको निधनले परिवारमा पर्न गएको गहिरो पीडा र परिवारले अभिभावक नै गुमाएको अवस्थामा छोरीको निःशुल्क शिक्षाको जिम्मा आधुनिक स्कुलले लिएको बताए । आर्या अहिले साढे दुई वर्षकी भइन् ।

गरिब असहाय र विपन्न परिवारको लागि आधुनिक इङ्लिस बोडिङ स्कुलले सधैँ सहयोग गर्दै आएको गुरुङले बताए ।

यसअघि पनि २०६८ सालको असोजमा सिन्धुलीबाट काठमाडौँ जानेक्रममा सुनकोशी गाउँपालिकाको रिठ्ठेभिरमा बस दुर्घटना परि अभिभावक गुमाएका दुई जना बालबालिकाका ,एलिना र पावनको जिम्मा स्कुलले लिएर निःशुल्क रूपमा शिक्षा दिएको बताए ।

अहिले उनीहरू दुवै जना एसइई सकेर उच्च शिक्षाका लागि बाहिर गएका छन् । अभिभावक गुमाएर आर्थिक अवस्था कमजोर भएका बालबालिका पनि अवसर पाए राम्रो शिक्षा लिनसक्ने भएकोले त्यस्ता बालबालिकालाई प्राथमिकता राखेर आफूले पठनपाठनको जम्मा लिएर उनीहरूलाई अध्ययन गर्नसक्ने वातावरण बनाएको बताए ।

उनले आर्या राना मगरको उज्ज्वल भविष्यको कामना गर्दै अध्ययनको लागि विद्यालयमा स्वागत गरे । २०७८ साल फागुन २३ गते पत्रकार अन्जन राना मगरको रिपोर्टिङको क्रममा सवारी दुर्घटनामा परी निधन भएको थियो ।

२०६४ सालमा स्थापना भएको आधुनिक स्कुलमा अहिले कक्षा १० सम्मको पठनपाठन हुँदै आएको छ । अहिले सो विद्यालयमा ४ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिष्ट आन्दोलनमा आत्मसमीक्षा आवश्यक, प्रत्यक्ष कार्यकारी शासन नेपालका लागि उपयुक्त छैन : विद्या भण्डारी

लोकतान्त्रिक शक्ति र वाम आन्दोलन कमजोर पार्ने प्रयास भइरहेको ओलीको दाबी

सम्बन्धित

मनसुन सक्रिय हुँदै, मंगलबार र बुधबार मुसलधारे वर्षा

कागका कारण काठमाडौँमा बर्डफ्लु फैलियो

वामपन्थी र देशभक्त शक्तिको एकतामा ढिलाइ गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

महाकाली सन्धिदेखि वाम एकतासम्म : झलनाथ खनालको सरकारमाथि तीव्र प्रहार

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu