सिन्धुली, ५ बैशाख । नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीले स्थानीय तह निर्वाचन–२०७९ लाई सम्पन्न गर्नका लागि १५ हजार १ सय पाँच सदस्यीय मुल निर्वाचन परिचालन समिति गठन गरेको छ ।
निर्वाचन विशेष तयारीका लागि बसेको जिल्ला कमिटिको बैठकले जिल्ला अध्यक्ष कुमार बहादुर कार्कीको संयोजकत्वमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला सल्लाहकार समितिका सदस्यहरू, नौ वटै पालिका कमिटिका पदाधिकारी तथा सदस्यहरू, ७९ वडा कमिटिका पदाधिकारी तथा सदस्यहरू, ३९६ वटा टोल कमिटिका पदाधिकारी तथा सदस्यहरू र विभिन्न जनबर्गिय तथा भातृसंस्थाका जिल्ला कमिटि र बिभागीय समितिमा रहेका सबै सदस्यहरू समाबेश रहेको १५ हजार १ सय पाँच सदस्यीय मुल निर्वाचन परिचालन समिति गठन गरिएको नेकपा (एमाले) प्रचार बिभाग प्रमुख संजय कुमार दाहालले जानकारी दिनुभयो ।
एमाले सिन्धुलीले जिल्लाको ३ वटा स्थानीय तहमा अध्यक्षको उमेदवार सर्वसम्मत टुंगो लगाई सकेको छ भने ४४ वटा वडामा वडा अध्यक्षको उमेदवार टुंगो लगाई सकेको छ । सर्वसम्मत भएका वडा र गाउँपालिकामा उमेदवारहरूले आफ्नो निर्वाचन अभियानलाई अगाडि बढाईसकेका छन ।
प्रतिक्रिया दिनुहोस्