ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खिमलालको टिकट खोसियो, घिमिरे भए रुपन्देही ५ मा एमालेको आधिकारिक उम्मेदवार


एबीसी / संवाददाता
२४ आश्विन २०७९, सोमबार   ४ : ४८   बजे

भैरहवा, २४ असोज । एउटै निर्वाचन क्षेत्रमा दुईजनालाई एमालेले सिफारिस दिएपछि अन्योल बनेको रुपन्देही( ५ मा बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको मनोनयन दर्तामा एमालेबाट क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाका लागि घिमिरे र खिमलाल भट्टराईले सिफारिस पाएका थिए । शनिबारसम्म सो क्षेत्रमा कसले चुनाव लड्ने भन्ने निधो नभएपछि भट्टराईलाई समेत सिफारिस दिइएको थियो ।

एउटै पार्टीका दुईजनाको उम्मेदवारी दर्ता भएपछि पहिला दर्ता गराउनेले आधिकारिता पाउने निर्वाचन निर्देशिका २०७९ मा उल्लेख भएबमोजिम घिमिरेलाई आधिकारिकता दिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए ।

घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए । निर्देशिकामा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को ९९० बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ ।

निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिकाअनुसार पहिलोपटक दर्ता भएका घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताए । घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्वमेयर हुन् । भट्टराई राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर मनोनयन दर्ता गर्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

सम्बन्धित

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

दुई पटकको विश्वविजेता उरुग्वे समूह चरणमै जितविहीन रहँदै विश्वकपबाट बाहिरियो

विश्वकप २०२६ को राउण्ड अफ ३२ को समीकरण पूरा, ३२ टोलीको नकआउट यात्रा तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu