काठमाडौं । एकीकृत समाजवादीबाट हटाइएका मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठकमा बोलाएका छन् ।
एकीकृत समाजवादीले मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र कृष्ण कुमार श्रेष्ठलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।
नयाँ मन्त्रीहरुले शपथग्रहण हुने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री देउवाले चारजना मन्त्रीलाई बालुवाटारमा बोलाएर अहिले मन्त्रीपरिषद्को बैठकमा सहभागी हुन आग्रह गरेको नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेमगरले बताए ।
मन्त्री आलेले भने, ‘तपाईंहरु आज चार बजेको बैठकमा आउनु होला, र बजेटको बारेमा संसदमा उठेको विषयमा राम्रोसँग जवाफ दिनुहोला ।’
प्रधानमन्त्रीको आग्रह सुनेपछि सबै मन्त्रीहरु तत्कालै पदबाट नहट्ने भनि ढुक्क भएर बालुवाटारबाट फर्किएका छन् ।







प्रतिक्रिया दिनुहोस्