ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन दिए प्रचण्डले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउने चेतावनी ?


एबीसी / संवाददाता

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो शक्ति बन्यो ।

२०७४ सालको निर्वाचनमा कमजोर बनेको कांग्रेस यसपटक गठबन्धनको बलमा शक्तिशाली बन्यो ।  एउटा स्थानीय तहमा पुन निर्वाचन गराउने निर्वाचन आयोगले निर्णय गरेको छ भने बाँकी स्थानीय तहमा निर्वाचन सकिएर जनप्रतिनिधिले काम सम्हालि सकेका छन् ।

७५२ स्थानीय तहको अन्तिम परिणाम आउँदा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।

निर्वाचन आयोगका अनुसार कांग्रेसले ३ सय २९ पालिकाको नेतृत्व जित हात पार्दा २०७४ को निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा एमालेले २ सय ५मा सीमित बनेको छ ।

माओवादी केन्द्रले १ सय २१ स्थानीय तहमा जित हात पर्दा जनता समाजवादी पार्टी ३०, एकीकृत समाजवादी २०, लोकतान्त्रिक समाजवादी १६ र अन्य पार्टी तथा स्वतन्त्रले ३१ पालिकामा प्रमुख पदमा जितेका छन् ।

२०७४ मा पहिलो शक्ति बनेको एमालेलाई यसपटक सत्ता गठबन्धनले कमजोर बनाइदिएको छ ।

सत्ता गठबन्धन गरेर उम्मेदवारी दिएको कतिपय स्थानीय तहमा एमाले एक्लै भारी बनेको छ । गठबन्धन गरेका कारण एमालेले कतिपय स्थानमा १ सय मत भन्दा कमले पराजय व्यहोरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाषामा भन्दा एमालेलाई माओवादीले कांग्रेससँग मिलेर ‘ठेगान’ लगाइदिएको छ ।

मत संख्याको आधारमा नेकपा एमालेले २०७४ को भन्दा बढाएको भए पनि नेतृत्वमा उसलाई घाटा लागेको छ । वैशाख ३० को निर्वाचनमा एक निर्वाचन क्षेत्रमा बाहेक एमालेले २ करोड ५८ लाख ७३ हजार ९१३ मत पाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा उसले २ करोड १४ लाख ५० हजार मत पाएको थियो । यस निर्वाचनमा तेस्रो बनेको माओवादीले २०७४ को स्थानीय तह निर्वाचनमा भन्दा यसपटक झण्डै १० लाख मत कम पाएको छ तर पदमा भने उसले जीत बढी हासिल गरेको छ ।

०७४ को निर्वाचनमा कांग्रेसले २ सय ६६ स्थानीय तहमा प्रमुख जितेको थियो तर यसपटक उसले ३ सय २७ प्रमुखमा जितेको छ । गत निर्वाचनमा ३५ प्रतिशत जित हात पारेको कांग्रेसले यसपटक ४३ प्रतिशत पालिका जितेको छ ।

ठेगान लागेको एमाले !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखको प्रशिक्षण कार्यक्रममा एमालेलाई आफूहरुले ठेगान लगाएको भन्दै ‘गौरव’ गरे । निर्वाचनबाट ठूलो दल बनेसँगै कांग्रेसमा पनि अहंकार बढ्दै गएको भन्दै उनले एमालेलाई जस्तै ठेगान लगाउने चेतावनी उनले दिए ।

के प्रचण्डले भने जस्तै माओवादीले एमालेलाई ठेगान लगाएको हो त? भन्ने प्रश्न उब्जिएको छ ।

नेपाली कांग्रेसका कतिपय नेताहरु भने माओवादी लगायतका दलहरुसँगको गठबन्धनले गर्दा कांग्रेसलाई घाटा भएको बताइरहेका छन् । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि कांग्रेसले तालमेल नगरेको भए ४ सय स्थानमा कांग्रेसले एकल जित निकाल्न दाबी गर्छन् । तर परिणामहरुले भने गठबन्धनका दलहरु एक्ला एक्लै लडेको भए एमाले कमजोर नहुने देखिएको प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेसका कतिपय नेताको विश्लेषण छ । यसरी एमाले ठेगान लगाउन कांग्रेस सफल भएको भए पनि यसमा उसको एकल स्वामित्व नहुने प्रचण्डको आशय छ ।

०७४ को स्थानी निर्वाचनमा सबैभन्दा ठूलो बनेको एमालेले त्यतिबेला २ सय ९४ पालिकामा जितेको थियो । उसले ३९ प्रतिशत स्थानीय तहको नेतृत्व जितेको थियो । तर यसपटक प्रचण्डका अनुसार एमाले ठेगान लागेको छ । स्थानीय तह निर्वाचनहरुमा पहिलो शक्ति बन्दै आएको एमाले यसपटक दोस्रो बनेको छ । २ सय ५ पालिकामा मात्र जित हात पार्दै एमाले २७ प्रतिशतमा खुम्चिएको छ ।

कांग्रेसलाई ठेगान लगाउने प्रचण्डको चेतावनी

नेकपा माओवादी र नयाँ बनेको दल एकीकृत समाजवादीलाई चुनावपछि गुगलमा खोज्दा पनि नभेटाइने नेकपा हुँदाका दुई मध्येका एक अध्यक्ष केपी शर्मा ओलीको चुनौतीबीच प्रचण्डले आफूलाई बलियो साबित गरेका छन् ।

निर्वाचन परिणामहरुका अनुसार एक्लै प्रतिस्पर्धामा उत्रिएको स्थानमा भन्दा गठबन्धन गरेको धेरै स्थानमा प्रचण्डको पार्टीले जित हात पारेको छ । उनको सबैभन्दा ठूलो सफलता भरतपुरमा भएको छ । छोरी रेणुलाई प्रमुखमा उठाएका उनले पार्टीको कमजोर अवस्थाकाबीच पनि कांग्रेसको मतले जित हात पारे ।

२०७४ मा १४ प्रतिशत पालिकामा जितेको माओवादीले यसपटक १६ प्रतिशत जित हात पारेको छ । तालमेलबाट ६८ पालिकामा जितेको माओवादीले एकल रुपमा ५३ पालिकामा जित हात पारेको छ । उता कांग्रेसले गठबन्धनको बलमा १२१ स्थानमा जित हात पारेको छ । बुधबारको प्रचण्डको भनाइ यसैप्रति लक्षित छ । नेपाली कांग्रेसले १२१ स्थानमा गठबन्धन गरेर जितेको छ जहाँ एक्ला एक्लै प्रतिस्पर्धा गरेको भए अवस्था फरक हुने उनको विश्लेषण छ । पहिलो दल बनेसँगै कांग्रेसमा दम्भ पलाए एमालेकै हालत बनाइदिने उनको चेतावनी छ ।

‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्,’  प्रचण्डले भने,’कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।’

माओवादीले कहिले एमाले त कहिले कांग्रेसलाई ठूलो पार्टी बनाइ दिएको भन्दै उनले दम्भ देखाउनेलाई आफूहरुले बिद्रोह गरेर देखाइदिने चेतावनी दिए ।

संघीय र प्रदेश सभा निर्वाचन कहिले गर्ने भन्नेबारे गठबन्धन दलहरुबीच छलफल सुरु भएको भोलिपल्ट उनले कांग्रेसलाई चेतावनी दिँदै सचेत गराए । उनले कांग्रेसमाझ आगामी निर्वाचनमा माओवादीलाई साथ नलिँदा गुमाइन्छ कि भन्ने त्रास दिएका छन् ।

‘कहिले एमालेको दम्भ बढाइदिन्छ, कहिले कांग्रेसको दम्भ बढाइदिन्छ भन्ने आरोप माओवादीलाई छ’ प्रचण्डले भने ,’त्यस्तो गरेको जस्तो पनि देखिन्छ ।  तर जसले दम्भ देखायो अह‌ंकार त्यसविरुद्ध मा‌ओवादीले विद्रोह गर्दै आएको छ ।’

उनले अहिले स्थानीय तहको निर्वाचनपछि एमालेको मन रोइरहेको भन्दै त्यस्तै अवस्था संघीय र प्रदेश निर्वाचन पछि कांग्रेसको हुनसक्ने सांकेतिक चेतावनी दिए ।

सार्वजनिक रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताहरुले जे भने पनि स्थानीय तहको निर्वाचनले एमालेलाई आगामी दिनमा सहज छैन भन्ने परेको प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com