काठमाडौं, १ मंसिर । नेपाल प्रहरीका ४ सय ५५ प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ । प्रहरी महानिरक्षकको निर्णय अनुसार उनीहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धमा हृदेश कुमार सापकोटा, ईलाका प्रहरी कार्यालय मंगलटार काभ्रेमा सुशील केसी र महानगरीय प्रहरी प्रभाग सानेपामा हिक्मत बहादुर थापालाई सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत हिमा थोकरलाई नेपाल प्रहरी ३ नम्बर प्रदेश आवासीय मावीमा सरुवा गरिएको छ ।
सूचि
प्रतिक्रिया दिनुहोस्