काठमाडौं — भदौ २३ र २४ का घटनाक्रमको छानबिन गर्न गठन गरिएको बहुचर्चित ‘कार्की आयोग’ को प्रतिवेदन सार्वजनिक भएसँगै त्यसको निष्पक्षता, प्राथमिकता र निष्कर्षमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै यसको विश्लेषण गरेका छन्, ...