काठमाडौं,१७ साउन । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले दुवै घटनाका बारेमा सदनलाई जानकारी गराउनुभएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकामा ...