ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सभामुखको आग्रह


एबीसी न्यूज
३ श्रावण २०७६, शुक्रबार   ८ : ०३   बजे

 

काठमाडौं, ३ साउन । सभामुख कृष्णबहादुर महराले स्वच्छ, स्वतन्त्र र तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

संसद् सचिवालयद्वारा आज यहाँ आयोजित संसदीय सञ्चारको प्रभावकारिता अभिवृद्धिका लागि अन्तरसंवाद कार्यक्रममा उहाँले भन्नुभयो, “व्यक्तिगत चरित्र हत्या गर्ने, तथ्यमा आधारित नभएका समाचारले विश्वासनीयता पाउँदैनन ।”

“हाम्रो उद्देश्य भनेको देश र जनताको पक्षमा हुनुपर्छ”, भन्दै सभामुख महाराले संसद्का गतिविधि र सत्यतथ्यमा आधारित विषयवस्तु जनतासमक्ष पु¥याएर सहयोग गर्न आग्रह गर्नुभयो ।

संसद्मा उठेका विषयलाई सम्बोधन गर्न सरकारले जिम्मेवारी बोध गर्न आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “सरकारले जति जिम्मेवारी बोध गर्छ, त्यति नै संसद् प्रभावकारी हुन्छ ।”

सङ्घीय प्रणालीमा अभ्यस्त नभएका कारण तीन तहका सरकारका अधिकारलाई मिलाएर अगाडि लैजाने विषयमा अलमल जस्तो देखिए पनि गौरवपूर्ण सङ्घर्षको इतिहास रहेको हुँदा वर्तमान चुनौतीलाई पार लगाएर अगाडि बढ्न सकिने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सत्य र खोजमूलक समाचार सङ्कलन गरेर जनता र संसद्लाई सहयोग पु¥याउन सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले दुवै सदनका काम कारवाही र बैठकको प्रत्यक्ष प्रशारण मिडिया सेन्टर र युटुबमार्फत लाइभ गर्न सकिने व्यवस्था भइरहेको बताउनुभयो । उहाँले सचिवालयबाट उपलब्ध सूचनाको यथार्थ विश्लेषण होस् भन्ने चाहनालाई सहजरुपमा ग्रहण गर्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी र राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलले सङ्घीय संसद्लाई मुख्य क्षेत्र बनाएर काम गर्ने पत्रकारको अभिवृद्धि गर्न तथा संसद् र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमबीचको सम्बन्ध विकास गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

नेपालस्थित यूएनडीपीका प्रतिनिधि यइशानी लेबले दिगो विकासको लक्ष्य हासिल गर्ने नेपालको अठोटलाई सहयोग पु¥याउन यूएनडीपीले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो ।

दुईदिने अन्तरसंवाद कार्यक्रममा राष्ट्रिय सञ्चारमाध्यमका ५० जना पत्रकारहरुको सहभागिता छ । कार्यक्रममा विज्ञका तर्फबाट राजनीतिक विश्लेषक तथा संविधानसभाका पूर्वसदस्यहरु हरि रोका र संविधानसभाका सदस्य पूर्वमन्त्री रमेश लेखक, राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले, संसदीय मामिला पत्रकार समाजका अध्यक्ष नारायण काफ्लेलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिष्ट आन्दोलनमा आत्मसमीक्षा आवश्यक, प्रत्यक्ष कार्यकारी शासन नेपालका लागि उपयुक्त छैन : विद्या भण्डारी

लोकतान्त्रिक शक्ति र वाम आन्दोलन कमजोर पार्ने प्रयास भइरहेको ओलीको दाबी

सम्बन्धित

मनसुन सक्रिय हुँदै, मंगलबार र बुधबार मुसलधारे वर्षा

कागका कारण काठमाडौँमा बर्डफ्लु फैलियो

वामपन्थी र देशभक्त शक्तिको एकतामा ढिलाइ गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

महाकाली सन्धिदेखि वाम एकतासम्म : झलनाथ खनालको सरकारमाथि तीव्र प्रहार

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu