ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा नियमितको बर्षाले कतै सडक अवरुद्ध, कतै जलमग्न, साढे ७ सय तालिम प्राप्त सुरक्षाकर्मी तयारी अबस्थामा


एबीसी न्यूज

 

 

दाङ, २८ असार । नियमितको बर्षाले शनिबार दाङको यातायात सेवा प्रभाबित भएको छ । तुलसीपुर—लमही सडकबीचमा पर्ने खोलाहरुमा पानीको बहाव बढेपछि शनिबार ठूला सवारी साधनहरु मात्रै छिटफुट रुपमा सञ्चालन भएका छन, भने साना सावारीका साधनहरु भने ठप्प छन् । बबई खोलामा शनिवार विहानै देखि कुनै पनि सवारी साधन आवतजावत गर्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताउनुभयो ।

उहाँका अनुसार दाङका अन्य खोलाहरुमा पनि ठूला सवारीका साधनहरु सञ्चालन भएपनि साना सवारीका साधनहरु सञ्चालन हुन सकेका छैनन् । त्यसले गर्दा यात्रुहरुलाई आवत जावतमा समस्या हुने गरेको छ । अहिले लमही–तुलसीपुर सडकखण्डमा ६ वटा पुल निर्माणाधीन अबस्थामा छन् । ति पुलहरुमा उचित डाईभर्सन नहुँदा बर्षादको समयमा यात्रुहरुलाई सास्ती हुने गरेको छ । शुक्रबार रातिदेखि दाङका खालाहरुमा पानीको बहाब बढेको प्रहरीले बताएको छ । नियमितको बर्षाले दाङको देउखुरी क्षेत्र जलमग्न भएको छ । देउखुरी स्थित दोलाईखोलामा पानीको वहाव बढेपछि राप्ती गाउँपालिकाको ५ लठ्ठहवा,पहरूवा,कालापानी जलमग्न भएको छ ।

त्यस्तै लमही नगरपालिका वडा नं. १ डोरही,सिंगइ,सोनपुर लगायतका गाउँ जलमग्न बनेका छन् । त्यसैगरी नियमित वर्षाले राप्ती गाउँपालिका १ शान्तिपुर चैतेका नेत्र खनालको पोल्ट्रीफर्मलाई गनाहा खोलाले बगाउँदा ५०० चल्ला र ५०० बोइलर कुखुरा बगाएको छ । खोलाले बगाउदाँ करिब साढे ४ लाख बराबरको क्षति भएको पीडित खनालले बताउनुभयो । त्यसैगरी गढवा गाउँपालिका ५ बोधिपुरमा झण्डै ५० बढी घर डुवान परेको गाउँपालिकाले जनाएको छ । यता बर्षायाममा हुन सक्ने क्षतिलाई बचाउन दाङमा साढे ७ सय तालिम प्राप्त सुरक्षाकर्मी तयारी अबस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समिति दाङका अनुसार नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी करिब साढे ७ सय जनालाई तयारी अबस्थामा जोखिम क्षेत्रमा राखिएको छ । नेपाली सेना १ सय ८०, शसस्त्र प्रहरी ३५ जना र नेपाल प्रहरीका ५ सय २५ जनालाई बिषेश तालिम दिएर तयारी अबस्थामा स्रोत साधन सहित राखिएको प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले बताउनुभयो ।

जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु नै विपद्को समयमा खट्ने गरी सबै प्रहरी चौकीका इन्चार्जलाई विपद् प्रतिकार्यका लागि खटाईएको उहाँले बताउनुभयो । बाढीको जोखिम क्षेत्रहरुमा तालिम प्राप्त सुरक्षाकर्मी, आबस्यक स्रोत साधन अन्तरगत लाईफ जकेट, डुंगा, रेनकोट, डोरी लगाएका सामाग्रीहरुका साथ तयारी अबस्थामा राखिएको र कुनै पनि जोखिमका सुचना दिन नागरिकहरुलाई प्रशासनले आग्रह गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयले जिल्लामा सर्तकता अपनाउन बाढि र पहिरो सम्भावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले एक सुचना जारी गदै जिल्लाका सम्भावित क्षेत्रमा सर्तकता रहन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बाढि र पहिरोको उच्च जोखिम रहेका सम्भाबित क्षेत्रका बासिन्दालाई सतर्कता हुन आग्रह गदै सुरक्षित स्थानमा बस्न अपिल गर्नूभएको छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका कार्यालयले पनि एक सुचना जारी गदै सतर्कता अपनाउन आग्रह गरेको छ । बाढीग्रस्त क्षेत्रमा रहेका नागरिकहरुको तत्काल उद्धारका लागि उपमहानगरपालिकाले सम्पूर्ण तयारी पुरा गरेको समेत उपमहानगरपालिकाले जनाएको छ । नगरप्रमुख घनश्याम पाण्डेले विज्ञप्ती जारी गर्दै शान्ती सुरक्षा, स्वास्थ्य लगायतका उद्धारको टोलि तयारी अवस्थामा रहेको उल्लेख गरेका छन् । उपमहानगरपालिकाले तत्काल उद्धारका लागि विभिन्न टोली परिचालन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com