ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरटीले च्यासललाई हरायो


एबीसी न्यूज
२९ जेष्ठ २०७६, बुधबार   ६ : ०९   बजे

 

काठमाडौं, २९ जेठ । चौंथो संस्करणको ललित स्मृति अठार वर्षमुनि यु–१८० फुटबल च्याम्पियनसिपमा न्यूरोड टिम एनआरटीले च्यासल युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा एनआरटीले च्यासललाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद शुरुआत गरेको हो । एनआरटीको जितमा राजन माझीले पहिलो गोल गर्दै खाता खोले । उनले खेल सुरुआती एक मिनेटमा नै पहिलो गोल गरे ।

त्यस्तै खेलको पहिलो हाफको ४४औँ मिनेटमा च्यासलका श्याम लोपचन तामाङले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । खेलको पहिलो हाफसम्म १–१ गोलको बराबरीमा टुङ्गिएको खेलमा एनआरटीले खेलको दोस्रो हाफमा तीन गोल थप्यो ।

खेलको ५४औँ मिनेटमा एनआरटीका कृतिशरत्न छुन्जुले एक गोल थपे । त्यस्तै खेलको ८२औँ मिनेटमा एनआरटीका सुजन शर्माले एक गोल गरे भने एनआरटीका लागि अन्तिम गोल खेलको ८७औँ मिनेटमा विवेक राईले गरे । असार ३१ गतेसम्म चल्ने सो प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लब सहभागी छन् । जसमा थ्री स्टार, मनाङ मस्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ, जावला खेल युथ क्लब, सङ्कटा क्लब, सरस्वती युथ, फ्रेन्ड्स क्लब, भ्याली च्यासल, हिमालयन शेर्पा, मछिन्द्र क्लब, ब्रिगेड ब्वाइज र न्युरोड टिम एनआरटी सहभागी छन् ।

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले तीन लाख प्राप्त गर्दा उपविजेताले रु एक लाख ५० हजार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group