काठमाडौं, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान अमेरिका पुग्नुभएको छ। पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि उहाँ गएको शुक्रबार साँझ ५ बजे त्यसतर्फ प्रस्थान गनुभएको थियो । अब सीतालाई अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिने पारिवारीक स्रोतले जानकारी दिएको छ।

प्रचण्डको साथमा उहाँका स्वकीय सचिव तथा छोरी गंगा दाहाल लगायतका व्यक्तिहरु समेत सामेल छन् । अमेरिकाको जोन हप्किङ्स् अस्पतालमा सीताको प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) को उपचार हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्