ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारीको बीउ बेचेरै लाखौँ आम्दानी


admin
पुस २१, २०७५ शनिबार  १ : ५२ बजे

बागलुङ, २१ पुस । तरकारीको बीउ बेचेर यहाँका एक किसानले मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले वर्षेनी लाखौँ रुपैयाँको काउली र काँक्राको बीउ उत्पादन गर्नुहुन्छ । “गत वर्ष १५० किलो काउलीको बीउ उत्पादन गरेर रु दश लाखमा बेचेँ”, उहाँले भन्नुभयो, “अझै ३० किलो जति बाँकी छ ।” काउलीको बीउ प्रतिकिलो रु आठदेखि दश हजारसम्ममा बिक्री हुन्छ ।

खड्काले स्थानीय जातको ‘ज्यापू’ काउलीको बीउ उत्पादन र बिक्री गर्दै आउनुभएको छ । काउलीपछि उहाँकोमा धेरै उत्पादन हुने काँक्राको बीउ हो । यही वर्ष ४० किलो काँक्राको बीउ बेचेको उहाँले बताउनुभयो ।

प्रतिकिलो रु पाँच हजारसम्ममा काँक्राको बीउ बिक्री हुन्छ । “काँक्रामा भक्तपुर लोकलको बीउ उत्पादन गर्छु” खड्काले भन्नुभयो, “यसको उत्पादन राम्रो छ, माग पनि बढी छ ।” खड्काले उत्पादन गरेको काउलीको बीउ काठमाडौँ, चितवनलगायत तराईका जिल्लामा पुग्छ ।

काँक्राको बीउका लागि पनि बाहिरका ठूला व्यापारीबाट माग आउँछ । बागलुङकै अन्य ठाउँ र छिमेकी जिल्लाका किसानले समेत उहाँसँग बीउ किन्ने गर्छन् । “ठूला व्यापारीसँग कारोवार हुन्छ” खड्काले भन्नुभयो, “उनीहरुले प्याकेजिङ गरेर बजार पठाउँछन् ।”

उहाँले बेच्ने ज्यापू काउली र भक्तपुर काँक्राले ७० देखि १०० दिनमा उत्पादन दिन्छ । बीउको बजारीकरणमा सरकारले सघाउनुपर्ने खड्काको माग छ । “बजारको सुनिश्चितता हुनसके बीउमा राम्रो आम्दानी छ”, उहाँले भन्नुभयो ।

छिटो र धेरै फल्ने नाममा गुणस्तरहीन बीउलाई निरुत्साहित गर्दै स्थानीय जातको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिदैं खड्काले केही वर्ष अघिसम्म प्याज, मूला, गाँजर, गोलभेँडालगायत अन्य तरकारी बालीको बीउसमेत उत्पादन गर्दै आएको बताउनुभयो ।

पछिल्लो समय काउली र काँक्राको बीउ उत्पादनमा मात्र उहाँ केन्द्रित हुनुभएको छ । “बीउ उत्पादन विसं २०४६ देखि शुरु गरेको हुँ” खड्काले भन्नुभयो, “पछि उत्पादन बढाउँदै लगेँ ।” कास्कीको लुम्लेमा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रबाट उहाँले शुरुमा बीउ उत्पादनको सीप सिक्नुभएको हो ।

बीउ उत्पादनका लागि तत्कालीन कृषि विकास कार्यालय बागलुङबाट पनि उहाँले विभिन्न तालिम, प्रविधि र अनुदान पाउनुभएको थियो । ६० वर्षीय खड्काले बीउसँगै ताजा तरकारी पनि उत्पादन गर्दै आउनुभएको छ । जिल्लामै सफल र अगुवा किसानको रुपमा परिचित उहाँ पाँच रोपनी क्षेत्रफलमा सुन्तलाखेती पनि गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

सम्बन्धित

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com