ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा क्षेत्र विकास कार्यक्रमको १० लाख रुपैयाँ स्वाहा


admin

भद्रपुर, १२ पुस । सीमा क्षेत्र विकास कार्यक्रम अन्तरगत झापाको भद्रपुर नगरपालिकालाई छुट्टाएको १० लाख रुपैयाँ स्वाहा भएको छ ।

तत्कालिन संङघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भारतसंग सीमा जोडिएको आठ वटा जिल्लामा लागु गरेको सीमा क्षेत्र विकास कार्यक्रम अन्तरगत गत आर्थिक २०७४-७५ मा भद्रपुर नगरपालिकालाई छुट्टाएको १० लाख रुपैयाँ बाढीले बगाउँदा स्वाहा भएको छ ।

भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लासंग जोडिएको झापाको भद्रपुर नगरपालिका ३ स्थित मेचीपारी गाउँलाई छुट्टाइएको १० लाख रुपैयाँबाट निर्माण गरिएको कब्जे बाढीले भत्काइ दिएको छ ।

यसबर्ष मेची नदीमा आएको बाढीले कब्जे भत्काइ दिएपछि गाउँमा पहिलो पटक भित्रिएको यत्रो ठूलो रकम खेर गएको स्थानीय बताउँछन् । कब्जे निर्माण गर्नुअघि उपयुक्त स्थान छनौट नगर्दा बाढीले कब्जेमा क्षति पुर्याएको वडा सदस्य अरुण राजवंशीले बताउनुभयो । यो कब्जे इस्टिमेन अनुसार बनाइएको उहाँले बताउनुभयो ।

६ वटा ह्युम पाइपबाट बनाइएको कब्जे अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । कब्जे निर्माण गरिएको भन्दा पूर्व पट्टीबाट अहिले खोला बगेको देखिन्छ ।

मेचीपारीको उत्तरबारी र सतारबस्ती जोड्ने खोलामा स्थानीयलाई आवतजावतमा सहज पुग्ने उदेश्यले सीमा विकासको बजेट कब्जे निर्माणमा खर्च गरिएको थियो । यता भद्रपुर नगरपालिका इन्जिनियर योगेन्द्र रंजितकारका अनुसार तत्कालिन जिल्ला विकास समिति झापा अन्तरगतको ओएसटिमार्फत कब्जेको इस्टिमेट गरिएको हो ।

कब्जे निर्माण लापरवाही भन्दा पनि ३ नम्बर वडा कार्यालय र गठित उपभोक्ता समितिका पदाधिकारीले उचित स्थान पहिचान गर्न नसक्दा बजेट खेर गएको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com