ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७२ को महाभुकम्पमा भत्किएकाे धरहरा यस्तो बन्दैछ


एबीसी न्यूज

काठमाडौँ, १६  कात्तिक । २०७२ को महाभुकम्पमा भत्किएर भग्नावशेषको रुपमा सीमित ऐतिहासिक धरोहर धरहरा पुर्ननिर्माणले गति लिने भएकोछ । निकै चर्चा भए पनि तीन वर्षसम्म पुर्ननिर्माण प्रक्रियाले गति नलिएको धरहरामा अन्ततः राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नेतृत्वमा काम सुरु भएको छ । पहिलेको ९ तले धरहरा अब प्रविधिको प्रयोगसंगै प्रविधिमैत्री र अझ व्यवस्थित रुपमा ११ तले नया“ धरहरा का रुपमा पुर्ननिर्माण हुन लागेको हो ।

सरकारले २०७२ साल फागुन ४ गते धरहरा पुनर्निर्माण अभियान सुरु गरेको थियो । तर वितेका ३२ महिनामा पुरातत्व विभागले धरहरा बनाउने चासो देखाएन भने नेपाल टेलिकम पनि जिम्मा लिएर पछि हट्यो । टेलिकमले २०७४ असोजमा हात झिकेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैले जिम्मा लिएर धरहरा पुनर्निर्माणको काम सुरु ग¥यो । यसअघि नै सरकारकै नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो धरहरा, म बनाउ“छु अभियान सुरु गरी आफ्नोे एक महिनाको पारिश्रमिक जम्मा गरी धरहरा पुनर्निर्माण कोष समेत खडा गरेका थिए । ढिलै भए पनि ऐतिहासिक धरोहर धरहरा पुर्ननिर्माणले तीन वर्ष पछि गति लिएको छ ।

भुकम्पले भग्नावशेषको रुपमा परिणत गरेको धरहराको पुर्ननिर्माण सबैको चासोको विषय बनेको थियो । भीमसेन स्तम्भका रुपमा परिचित धरहरा विगत झण्डै एक शताब्दी देखि राजधानी उपत्यकाको वैभवका रुपमा स्थापित थियो । यसैले पनि भूकम्पले भग्नावशेष बनेको धरहराको बा“की भागलाई संरक्षण गरी अहिले नया“ धरहरा बनाउन थालिएको छ ।

पुरानो धरहराले ओगटेको ६ रोपनी, गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी गरी २९ रोपनी जग्गामा धरहरा बनाउने काम सुरु भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । २०७२ सालको भूकम्प अघि नौ तला रहेको धरहरामा अब दुइ तला थपि ११ तला बनाउने योजना तय भएको छ । १९९० साल माघ २ गतेको महाभूकम्पअघि पनि धरहरा ११ तलाकै थियो । त्यो बेला भूकम्पले बार्दली भन्दा माथिको भाग दुई तला भत्किएपछि नौ तलामा पुनर्निर्माण गरिएको थियो । प्राधिकरणले जीआईईटीसी रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मेवारी दिएको छ । सो कम्पनीसग ३ अर्ब ४५ करोड रुपैयामा धरहरा बनाउने सम्झौता भएको छ ।

यसपटक पुरानो धरहराको भग्नावशेशको झण्डै १० देखि ११ मिटर पूर्वतिर नया“ धरहरा बन्न लागेको हो । नया“ धरहरामा दुईवटा लिफ्ट, एउटा भ¥याङ रहने छन् । यसैकारण धरहराको चौडाई पहिलेको भन्दा बढी हुने छ । लिफ्ट र र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । त्यसका साथै धरहराको बेसमेन्टमा तीनतलाको सानो घर पनि बन्ने छ । नया“ धरहरालाई प्रविधिमैत्री र व्यवस्थित बनाउने योजना सहित काम सुरु गरिएको पुननिर्माण प्राधिकरणको भनाइ छ ।

निर्माणकर्ता कम्पनीलाई निर्माणस्थल हस्तान्तरण गरेको दुई वर्षभित्र धरहरा निर्माणको काम सम्पन्न हुने लक्ष्य लिइएको छ । प्राधिकरणले भने आफूले पाएको समयअवधि भित्रै धरहराको पुनर्निर्माण सक्नका लागि दुई वर्षको अवधि तोकेको हो । बाइट….
प्रधानमन्त्री के.पि शर्मा ओलीको समय मिलाएर केहि दिनमा नै धरहरा पुर्ननिर्माण शिलन्यास गर्ने कार्यक्रम तय भएको बताइएको छ । ऐतिहासिक धरोहर धरहरा १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गरेका हुन् ।

त्यसैले धरहरा ऐतिहासिक धरोहर, पर्यटकीय महत्व र काठमाडौंको सुन्दरताको पहिचान मात्र नभइ पुर्खाको सम्पति, हाम्रो गौरव र इतिहास पनि हो । यसको निर्माण र पुन सञ्चालन हामी सबैको दायित्व र आवश्यकता पनि हो । धरहरा दुई वर्ष्भित्रैमा फेरि उठ्ने र भूकम्प प्रतिरोधी र सुरक्षित बन्ने प्राधिकरणको लक्ष्यमा सबै सरोकारवाला निकायको सहकार्य र समन्वय महत्वपुर्ण रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com