ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजमार्गहरुमा सेना परिचालन गर्न संरक्षणकर्मीको माग


bhawani desk
३० भदौ २०७५, शनिबार   १२ : ३५   बजे

चितवन, ३० भाद्र । चितवनको निकुञ्ज, मध्यवर्ती र वरण्डाभार क्षेत्रमा पर्ने राजमार्गहरुमा सेना परिचालन गरेर सरसफाई युक्त बनाउन संरक्षणकर्मीहरुले माग गरेका छन् ।

विश्व सरसफाइ दिवसको अवसरमा बरण्डाभार जैविक मार्गमा पर्ने पूर्वपश्चिम राजमार्ग अन्तक्रिया कार्यक्रम तथा राजमार्गमा सरसफाई गर्दै जिल्लाका अगुवा संरक्षणमर्कीहरुले यस्तो माग गरेका हुन् ।

उनीहरुले विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगतको टिकौली जंगल क्षेत्रमा पटक–पटक स्थानियस्तरबाट सरसफाईका पहल गरे पनि सर्वसाधारण र राजमार्गमा हिड्नेहरुले वेवास्ता गरेको भन्दै सरफाई युक्त बनाउन सेना परिचालन गर्न माग राखेका हुन् ।

सो अवसरमा प्लाष्टिकजन्य, अस्पताल जन्य फोहरहरु जथाभावी फालेको पाईएको भन्दै जौविक संरक्षणका लागि राजमार्ग क्षेत्रमा सेना परिचालन गरि पूर्ण सरसफाई युक्त बनाउन उनीहरुको सुझाव थियो ।

टिकौली राजमार्गमा वन्यजन्तुको कोरिडोर भएको भन्दै सवारी चाप समेतबढी जहापाए त्यही सवारी रोखि फोहरसमेत भएको सेना राख्दा संरक्षण उपयोगी हुने टिकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ईश्वरी लामिछाने धारण राखे ।

हेर्नुस् यहां त हरेक समय–समयमा सरफाई हुन्छ– पन्चकन्या सामुदायिक वनका अध्यक्ष रामबाबु श्रेष्ठले भने बर्दीया र बाकेमा जस्तै सफा राख्ने सेना परिचालन उपयुक्त हो ।

जिल्ला वन कार्यालय र पञ्चकन्या सामुदायिक वन र टिकौली मध्यवर्ती सामुदायिक वनले नै वन हेरालु राखे पनि रातको समय बढी फोहर फाल्दा प्लाष्टिक जन्य र अन्य फोहरहरु अयाधिक मात्रामा बढेको स्थानिय बाघ संरक्षण समितिका अध्यक्ष जीतु तामागंले बताए ।

सरसफाई कार्यक्रममा प्रदेश सांसद कृष्ण भूर्तेलले सेना परिचालन कै कारण निकुञ्जले शुन्य चोरीशिकार बर्ष मनाएको भन्दै मध्यवर्ती क्षेत्रका राजमार्ग १ बर्ष जति सेना परिचालन गरि सरसफाईको सिष्टम बसाउनुपर्ने धरण राखे का थिए।

सो अवसरमा बोल्दै चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत बेदकुमार खड्काले जंगलमा जथाभावी फोहर र सवारी चापका धेरै जीवजनावहरुले अकालमा नै ज्यान गुमाउनु परेको बताए । साथै उनले निकुञ्जले मात्रै यस्ता कार्यमा पहल गरेर नहुने भन्दै सबैलाई सहकार्य गर्न आग्रह गरे ।

सरसफाई गर्दा सबैभन्दा धेरै अस्पतालजन्य फोहरहरु पाईएको र २ ट्याक्टर फोहर संकलन गरिएको टिकौली वनका कार्यालय सचिव कृष्णप्रसाद आचायले जानकारी दिए ।
कार्यक्रममा निकुञ्जसगै, जिल्ला वन कार्यालय चितवन, बटुक दल गण कसरा, टिकौली, पञ्चकन्या र वरणभार वन, रत्ननगर नगरपालिका, नेपाल प्रहरी, स्थानिय टोल विकास संस्था र स्थानिय जनताहरुको सहभागी थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group