ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवरुद्ध मध्यमोदीको निर्माणकार्य सञ्चालनमा


bhawani desk

पर्वत, ३० भाद्र । स्थानीयको अवरोधका कारण निर्माणकार्य अवरुद्ध भएको चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम छ दिनपछि सञ्चालन भएको छ ।

प्रभावित क्षेत्रका स्थानीयवासीले विभिन्न माग राख्दै गत आइतबारदेखि निर्माणकार्य ठप्प बनाएका थिए । आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत अवरोध गरेका स्थानीय र वार्ता टोलीबीच शुक्रबार भएको छलफलपछि निर्माणकार्य सञ्चालन गर्ने निर्णय भएको हो । आयोजनाको सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा घर चर्किएको भन्दै स्थानीयवासी आन्दोलित भएका थिए ।

वार्तामा विभिन्न चार बुँदे सहमति भएको छ । चर्किएका घर आयोजनाका कारण हो या होइन भन्ने बारेमा भूगर्भविद् ल्याएर चेकजाँच गर्ने, अहिलेसम्म भएको क्षतिको आयोजनाले क्षतिपूर्ति दिने र भूगर्भविद्ले दिएको विवरणको आधारमा सम्भावित क्षतिको क्षतिपूर्ति आयोजनाले व्यहोर्ने र आयोजनास्थलमा निर्माण गरिएको सडकलाई आयोजनाको लागतमा स्तोन्नति गर्ने लगायतका निर्णय गरिएको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिनुभयो ।

वार्तामा सरोकार समितिका संयोजक खिमबहादुर खत्री र उपाध्यक्ष भुलबहादुर पौडेल, आयोजना प्रमुख निरञ्जन राउत, जनसम्पर्क अधिकृत अशोक आचार्यलगायत मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, प्रवक्ता विमल लामिछाने र वडाध्यक्ष विकास तिमिल्सिनालगायतको सहभागिता रहेको थियो ।

स्थानीयवासीले सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा सुरुङमार्गको माथि पर्ने १६ घरमा क्षति भएको भन्दै उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका थिए ।

मोदी गाउँपालिका–२ देउपुरस्थित ठाना, कल्लेनी र ओख्ले प्रभावित क्षेत्रमा छन् । ती बस्तीमा ५७ घर रहेका छन् । भूकम्पले जस्तै गरी चर्किन थालेपछि आन्दोलनमा उत्रिनुपरेको सरोकार समितिका उपाध्यक्ष भुलबहादुर पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले बजेट बनाउनेदेखि चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाइएको शेखर पक्षको निस्कर्ष

काठमाडौं, १७ असार । नेपाली काँग्रेस नेता डा. शेखर कोईराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप

काठमाडौंमा ठेलामा मकै बेच्नेमाथि नगर प्रहरीको लछारपछार (भिडियोसहित)

काठमाडौं, १७ असार ।  काठमाडौंको बालुवाटारमा फुटपाथमा मकै बेच्ने एक महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको छ । आज शुक्रवार दिउँसो मकै बेच्ने महिलामाथि बालुवाटारमा काठमाडौं

तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधनको प्रयास नगरौं : कानुनमन्त्री

काठमाडौं, असार १७ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्ने प्रयास नगर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

सम्बन्धित

सार्वजनिक कार्यक्रममै खनाल र नेम्वाङको सवालजवाफ 

प्रधानसेनापति शर्मा अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीमा

मधेश प्रदेशसभाको बैठक २० असारमा बस्ने

जनजाति महासंघको कार्यालय सर्यो

बझाङमा बलात्कार आरोपमा शिक्षक पक्राउ

पेस्तोलसहित एक जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...