काठमाडौं,२९ भाद्र । गृहमन्त्री राम वहादुर थापाले सरकारले प्रेस स्वतन्त्रताको हनन नगरेको बताउनुभएको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा राष्ट्रियसभाका सदस्यले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले नागरिकको अपमानका सम्दर्भमा झुटा कुरा गरिएको भन्ने उजुरी आएकाले कानुन बमोजिम पत्रकार राजु बस्नेतलाई पक्राउ गरि अनुसन्धान गरिएको बताउनुभयो । उहाले गृह मन्त्रालयको आदेशमा पत्रकारलाई पक्राउ नगरिएको स्पष्ट पार्नुभयो ।
उहाले सम्बन्धीत निकायबाट कानुन बमोजिम नै कारवाहीको प्रक्रिया अघि बढाईएको जानकारी आएको बताउनुभयो ।
उहाले पत्रकारलाई हतकडी लगाईएको बिषयमा केही त्रुटि भएको भएको भन्दै यस बिषयमा आफुले जानकारी माग गरेको बताउनुभयो । गृहमन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्ने पनि बताउनुभयो ।
राष्ट्रियसभाको बैठकले अन्तराष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि सम्मिलन गर्ने सम्बन्धी प्रस्तावलाई स्वीकृत गरियोस” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ
प्रतिक्रिया दिनुहोस्