ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी विदेशमन्त्रालयले दूतावासहरुमा पठायो भिसाको नयाँ र कडा मापदण्ड


abc news
१६ असार २०७४, शुक्रबार   १ : १८   बजे

ह्वाइट हाउसले ६ वटा मुस्लिम बाहुल्य देशका नागरिकहरु र सबै शरणार्थीहरुका लागि भिसा आवेदनसम्बन्धि नयाँ मापदण्ड बनाएको छ । नयाँ मापदण्ड अनुशार उनीहरुले अमेरिका आउनका लागि अमेरिकामा नजिकको ब्यापारिक वा पारिवारिक सम्बन्ध देखाउनुपर्नेछ । नयाँ नियमले इरान, लिबिया, सिरिया, सोमालिया, सुडान र यमनका नागरिकहरु लगायत सबै शरणार्थीलाई प्रभाव पार्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धबारेको आदेश कार्यान्वयनमा सर्बोच्च अदालतले अनुमति दिएपनि ह्वाइटहाउसले अदालतको आदेश अनुशार भिसाका नयाँ मापदण्ड तय गरेको हो । नयाँ नियम अनुशार अमेरिकामा पारिवारिक वा ब्यापारिक प्रकारको नजिकको सम्बन्ध नहुने ६ देशका नागरिकले ९० दिनसम्म अमेरिकाको यात्रा गर्न पाउने छैनन् ।

अमेरिकी सरकारले बुधबार नै भिसाका लागि अमेरिकी दूतावास र कन्सुलेटहरुमा भिसाको नयाँ गाइडलाइन पठाइसकेको छ । जसअन्तरगत भिसा आवेदकले भिसा प्राप्त गर्नका लागि बुबाआमा, दम्पत्ति, छोराछोरी, ज्वाई, बुहारी वा दाजुभाईदिनीबहिनी अमेरिकामा रहेको प्रमाणित गर्न सक्नुपर्नेछ । तर मंगेतर, हजुरबा हजुरआमा, नातीनातिना, अन्टी, अंकल, भजित, भान्जाभान्जी, भिनाजु, भाउजु, काकाकाकीका छोराछोरी जस्ता सम्बन्ध भएकाहरुलाई भने अमेरिका छिर्न दिइनेछैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न, विभिन्न आयोगको नेतृत्व चयन

प्रचण्डको दाबी– जेनजी आन्दोलन सकिनासाथ नारायणहिटी सफा गर्न लगाइएको थियो

सम्बन्धित

मोदी–पेजेश्कियनबीच टेलिफोन वार्ता, होर्मुजबारे के भयो कुराकानी ?

अमेरिकी सर्वोच्च अदालतद्वारा राजनीतिक खर्चको सीमा हटाइयो, निर्वाचन वित्त व्यवस्थामा ऐतिहासिक परिवर्तन

अमेरिकी सर्वोच्च अदालतको ऐतिहासिक फैसला : जन्मसिद्ध नागरिकता कायम, ट्रम्पको आप्रवासन एजेन्डालाई ठूलो झट्का

जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा ६ जनाको ज्यान गयो

बेलायतमा प्रधानमन्त्री बन्न लागेको बर्नहामको ‘व्यवसाय-मैत्री समाजवाद’ के हो ?

अफगानिस्तानमा पाकिस्तानको आक्रमण, २९ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu