ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले सडक भत्काएपछि जाजरकोटमा यातायात सेवा अवरुद्ध


bhawani desk
श्रावण ७, २०७५ सोमबार  ३ : ४१ बजे

जाजरकोट ,७ साउन । सोमबार बिहानको अबिरल बर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अबरुद्ध भएको छ । पहिरोले सडक भत्काएपछि जिल्ला सदरमुकाम खलंगामा मोटरसाईकल बाहेक अन्य कुनै पनि सवारी साधन चल्न सकिरहेका छैनन् ।

यातायातका साधनहरु चल्न नसकेपछि यात्रुहरु पैदल हिड्न बाध्य भएका छन् ।
शान्तिचौतारा बसपार्क नजिकै रहेको खहरेकोलामा मोटरसाईकलनै आवत–जावत गर्न नसक्ने गरि सोमबार बिहानको पानीले सडक भत्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

त्यसैगरि जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाम खलंगाको मुख्य बजारका रुपमा रहेको ठाँटी नजिकको सडक भत्किएपछि मोटरसाईकल बाहेकका अन्य कुनै पनि सवारी साधन चल्न नसक्ने अबस्था भएको छ । त्यसैगरि खलंगा–पाँचकाटिया सडक पनि पुरै अबरुद्ध भएको छ ।

गाउँबाट सदरमुकाम आउने र सदरमुकामबाट बाहिर जाने यात्रुहरु पैदल हिड्न बाध्य भएका छन् । जाजरकोट देखि काठमाण्डौं लागि आझै यात्रा तय गरेका नेपाल पत्रकार महासंघ, जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहले आफ्नो यात्रा स्थगित गरेको बताएका छन् ।

बर्षादको समयमा हुने सडक अबरुद्धलाई खोल्नका लागि भेरी नगरपालिकाले बिपद ब्यबस्थापन कोषवाट २ लाख २६ हजार भुक्तानी दिनेगरि ३ महिनाको लागि स्क्यावेटर भाँडामा लिएको छ । तीन महिनाको लागि भाँडामा लिएको स्क्यावेटरको समयबधी एक महिना बितिसकेको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेले जानकारी दिनुभयो ।

एक महिनाको समयमा उक्त स्क्यावेटरले वडा नं.१ को कालेगाउँ, २ को रिसाङ–तातोपानी, ४ को फुलवारी, कारागार रोड, ५ र ६ को बोहरा, छिप्रेना नेटीबजार रोड र वडा नं. ८, ९ र १० को भुर–स्याउली रोडमा माथिवाट आएको सलाईट फाल्ने काम गरेको प्रमुख प्रशासकीय अधिकृत बेलबासेले बताउनुभयो ।

जिल्ला सदरमुकाम खलंगा र खलंगा–पाँचकाटिया सडकलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले हेरिरहेको हुदा उक्त सडकको भत्किएका संरचना नगरपालिकाको बिपद ब्यबस्थापन कोषवाट बन्न नसक्ने नगरपालिकाका प्राविधिकहरुको भनाई रहेको छ । अबरुद्ध सडकहरुलाई तत्काल सुचारु गर्नलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले नै गर्नु पर्ने सदरमुकामबासीले माग राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com