ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले सडक भत्काएपछि जाजरकोटमा यातायात सेवा अवरुद्ध


bhawani desk

जाजरकोट ,७ साउन । सोमबार बिहानको अबिरल बर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अबरुद्ध भएको छ । पहिरोले सडक भत्काएपछि जिल्ला सदरमुकाम खलंगामा मोटरसाईकल बाहेक अन्य कुनै पनि सवारी साधन चल्न सकिरहेका छैनन् ।

यातायातका साधनहरु चल्न नसकेपछि यात्रुहरु पैदल हिड्न बाध्य भएका छन् ।
शान्तिचौतारा बसपार्क नजिकै रहेको खहरेकोलामा मोटरसाईकलनै आवत–जावत गर्न नसक्ने गरि सोमबार बिहानको पानीले सडक भत्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

त्यसैगरि जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाम खलंगाको मुख्य बजारका रुपमा रहेको ठाँटी नजिकको सडक भत्किएपछि मोटरसाईकल बाहेकका अन्य कुनै पनि सवारी साधन चल्न नसक्ने अबस्था भएको छ । त्यसैगरि खलंगा–पाँचकाटिया सडक पनि पुरै अबरुद्ध भएको छ ।

गाउँबाट सदरमुकाम आउने र सदरमुकामबाट बाहिर जाने यात्रुहरु पैदल हिड्न बाध्य भएका छन् । जाजरकोट देखि काठमाण्डौं लागि आझै यात्रा तय गरेका नेपाल पत्रकार महासंघ, जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहले आफ्नो यात्रा स्थगित गरेको बताएका छन् ।

बर्षादको समयमा हुने सडक अबरुद्धलाई खोल्नका लागि भेरी नगरपालिकाले बिपद ब्यबस्थापन कोषवाट २ लाख २६ हजार भुक्तानी दिनेगरि ३ महिनाको लागि स्क्यावेटर भाँडामा लिएको छ । तीन महिनाको लागि भाँडामा लिएको स्क्यावेटरको समयबधी एक महिना बितिसकेको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेले जानकारी दिनुभयो ।

एक महिनाको समयमा उक्त स्क्यावेटरले वडा नं.१ को कालेगाउँ, २ को रिसाङ–तातोपानी, ४ को फुलवारी, कारागार रोड, ५ र ६ को बोहरा, छिप्रेना नेटीबजार रोड र वडा नं. ८, ९ र १० को भुर–स्याउली रोडमा माथिवाट आएको सलाईट फाल्ने काम गरेको प्रमुख प्रशासकीय अधिकृत बेलबासेले बताउनुभयो ।

जिल्ला सदरमुकाम खलंगा र खलंगा–पाँचकाटिया सडकलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले हेरिरहेको हुदा उक्त सडकको भत्किएका संरचना नगरपालिकाको बिपद ब्यबस्थापन कोषवाट बन्न नसक्ने नगरपालिकाका प्राविधिकहरुको भनाई रहेको छ । अबरुद्ध सडकहरुलाई तत्काल सुचारु गर्नलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले नै गर्नु पर्ने सदरमुकामबासीले माग राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com