
काठमाडौं,७ साउन । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले भूमिसम्बन्धि कामलाई सहज बनाउन मातहतका सबै निकायलाई कडा निर्देशन दिनु भएको छ । मन्त्री खनालले भूमि व्यवस्थाको कामलाई सहज बनाउने गरी संग्राहलय नै स्थापना गर्ने घोषणा पनि गर्नु भयो ।
सोमबार सिंहदरबारमा ‘भूमि शब्दकोश’ नामक पुुस्तकको विमोचन गर्दै उहाँले भूमि व्यवस्थालाई सहज बनाउन सरकारले आवश्यक सूचना बोर्डको व्यवस्था पनि सम्बन्धित निकायमा गर्दै लैजाने योजना अघि सार्नु भयो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयद्धारा प्रकाशित पुस्तकमा भूमिसम्बन्धि शब्दहरुको अर्थलाई सरल ढंगले व्याख्या गर्ने प्रयास गरिएको छ ।
जग्गा प्रशासनका सम्बन्धमा सेवाग्राही र सेवा प्रदायक संस्थाहरुबीच बुझाईमा समस्या आउन नदिन पुस्तक उपयोग हुने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालको दावी छ ।



















प्रतिक्रिया दिनुहोस्