ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करोड लागतमा निर्मित पशुवधशाला प्रयोग विहिन


bhawani desk
श्रावण ७, २०७५ सोमबार  १ : २४ बजे

झापा,७ साउन । करिब एक करोड लागतमा सञ्चालनमा आएको झापाको भद्रपुरस्थित पशु बधशाला प्रयोग विहिन हुने अवस्थामा पुगेको छ ।

भद्रपुर नगरपालिकाले पशु बधशालाको आन्तरिक व्यवस्थापनमा खासै चासो नदेखाउँदा सरकारको एक करोड रुपैयाँ बराबरको लगानी खेर जाने स्थितिमा पुगेको छ, भने चोक चोकमा माछामासु पसल खोल्ने क्रम समेत बढेर गएको छ ।

भद्रपुर नगरपालिका कार्यालयको स्वामित्वमा रहेको भद्रपुर ५ स्थित बसपार्क छेऊमा सञ्चालनमा ल्याएको पशु बधशाला प्रयोग विहिन अवस्थामा पुगेको छ । नगरका अव्यवस्थित माछा मासु पसलहरुलाई व्यवस्थितसँगै एकद्धार प्रणालीबाट स्वच्छ तथा सफा माछामासु बिक्री वितरण गराउने उदेश्यका साथ नगरपालिकाले ठूलो लगानीमा पशु बधशालामा निर्माण गरेको हो ।

तर, अहिले पशु बधशालामा रहेको १० वटा सटर (पसल) मध्ये अहिले चार वटा पसल मात्र सञ्चालनमा छ । बधशाला भित्र पसल भाडामा लिएर बसेका व्यवसायी अहिले बधशाला छाडेर नगरको चोक-चोकमा पसल थापेर माछामासु बिक्रीवितरण गरिरहेका छन् । यसरी सडक तथा बजार क्षेत्रमा जथाभावी माछामासु पसल खोल्ने क्रम बढेपछि नगरमा दुर्गन्ध फैलिनुका साथै उपभोक्ताले स्वच्छ तथा सफा माछामासु खानबाट समेत बञ्चित हुनु परेको छ ।

पशु बधशालामा भित्रै सञ्चालित बिजय मासु पसलका सञ्चालक विजय साहका अनुसार जथाभावी चोक-चोकमा माछामासु पसल खोल्ने व्यवसायीलाई नगरपालिकाले कानुन बमोजिम कारवाही गर्न नसक्दा पशु बधशाला प्रयोग विहिन बन्ने अवस्थामा पुगिसकेको बताउनुभयो ।

नगरपालिकाको १९ कठ्ठा जग्गामा निर्माण गरिएको बधशालामा १ करोड १ लाख ३२ हजार ३ सय ४० रुपैया खर्च भएको छ । २०६७ चैतमा कृषि तथा सहकारी मन्त्रालय अन्तरगत पशुपंक्षीबजार प्रवद्र्धनबाट ३८ लाख, तत्कालीन स्थानीय विकास मन्त्रलायको जगेडा कोषबाट ४६ लाखलाख र नगरपालिकाको आन्तरिक स्रोतबाट १५ लाख गरी १ करोड १ लाख ३२ हजार ३ सय ४० रुपैया बधशालाको निर्माण गरिएको हो ।

बधशाला निर्माण कार्य सुरुदेखि नै विवादित बनेको थियो । पहिलो चरणको निर्माण कार्य उपभोक्ता समिति मार्फत गराएपनि दोस्रो चरणको कार्य टेण्डर प्रक्रिया मार्फत नगरपालिकाले गराएको थियो ।

२०७० असारमा सञ्चालन आउनुपर्ने बधशाला तीन बर्षअघि मात्र सञ्चालनमा आएको थियो । नगरपालिकाले बधशाला उद्घाटन नगरी सञ्चालन ल्याएको छ । कृषि तथा सहकारी मन्त्रालय अन्तरगत पशुपंक्षीबजार प्रवद्र्धनमार्फत जिल्ला पशुसेवा कार्यालय झापाले बधशालालाई व्यवस्थित बनाउन तीन बर्षअघि ३० लाख रुपैयाँ थप बजेट छुट्टयाएको थियो ।

तर, नगरपालिकाले ३० लाख रकम लिन अस्विकार गर्दा आएको बजेट समेत फिर्ता गएको थियो । नगरपालिकाले वेवस्ता गर्दा करोडको भौतिक संमरचना खेर जाने अवस्था पुगिसकेको माछा व्यवासयी राजु रायले बताउनुभयो ।

यता भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार पशु वधशाला र माछामासु बिक्री केन्द्र फरक भएको प्रतिक्रिया दिनुभयो। भद्रपुर बधशाला नभएर माछामासु बिक्री गर्ने ढाँचाको रुपमा भवन बनाइएकोले यसलाई बिक्रीकेन्द्रको रुपमा विस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

जथाभावी पसल थापेर माछा मासु बिक्री वितरण गर्ने व्यवसायीलाई नगरपालिकाले कानुनी दायर भित्र ल्याउनु पर्छ । जतात्यतै खोलिएका व्यवसायीलाई एक द्धार प्रणालीमा नल्याएसम्म उपभोक्ताले स्वच्छ र सफा माछामासु उपभोग गर्न नपाउनुका साथै करोड लागतमा निर्मित पशु बधशाला प्रयोगमा आउन सक्दैन । त्यसैले यसतर्फ नगरपालिका कडा रुपमा प्रस्तुत भएर अगाडी बढनु पर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com