
चितवन, ७ साउन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाउनुभएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
यहां आज पत्रकारसंग कुरा गर्दै नेता सिटौलाले सरकारले उहांको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताउनुभयो । उहांले उठाउनुभएका माग जायज छ भन्दै उहांले कांग्रेसको नेतृत्वमा रहेको सरकारले उहांको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताउनुभयो ।
उहांले भन्नुभयो, अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यस कारण समस्या भएको हो । उहांले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टी नचल्ने बताउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्