ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्युवेद शिक्षण अस्पतालमा डाक्टर बिरामी कुर्छन, तर बिरामी आउँदैनन


bhawani desk
श्रावण ६, २०७५ आईतबार  ४ : ४७ बजे

दाङ, ६ साउन । विश्व विद्यालयको आर्युवेद शिक्षण अस्पतालमा डाक्टरले बिरामी कुर्छन, तर बिरामी आउँदैनन नेपाल सस्कृत विश्वविद्यालय आर्युवेद अध्ययन संस्थान अन्तरगतको आर्युवेद शिक्षण अस्पतालमा चिकित्सकले बिरामी आउने आशामा बस्ने गरेका छन् ।

विरामीहरु उपचारका लागि उक्त अस्पतालमा नआउदाँ डाक्टरहरु बिरामी आउने आशामा बसेका हुन्छन् । तर चिकित्सकहरुको आशा भने पुरा नभएको धेरै समय भई सकेको छ ।

महिनामा एक, दुई जना बिरामीले मात्रै सेवा लिने गरेको डाक्टरहरु बताउछन् । अस्पताल सञ्चालन भएको एक बर्ष भन्दा बढि भयो । तर अहिले सम्म कति जना बिरामीले सेवा लिए, भन्ने कुनै तथ्याङ् छैन् ।

२०७३ चैतमा सञ्चालनमा आएको अस्पतालमा अहिले सम्म कति बिरामीले सेवा लिए भन्ने कुनै तथ्याङ्क नभएको आर्युवेद अध्ययन संस्थान केन्द्रीय आर्युवेद प्रमुख प्राध्यापक डा। सुनिल कुमारले बताउनुभयो ।

अहिले आबश्यक अनुसार दरबन्दी छैन् । जसले गर्दा पनि समस्या भएको उहाको भनाई छ । उक्त अस्पताल क्याम्पसको मातहतमा छ ।

क्याम्पसमा पढाउने प्राध्यापकहरु नै उक्त अस्पतालका डाक्टरहरु हुन् । त्यसले गर्दा पनि सेवा प्रभाबकारी हुन नसकेको उहाको भनाई छ । आर्युर्वेदमा स्नातक (बिएएमएस) गरिरहेका बिद्यार्थीहरुको प्रयोगात्मक शिक्षणका लागि पनि आर्युर्वेद शिक्षण अस्पताल सञ्चालनमा ल्याईएको हो ।

तर ,अस्पतालमा न त नर्सिङ पदमा कर्मचारी छन, न त ल्याबमा नै पर्याप्त दरबन्दी छ । आबश्यक उपकरणहरु पनि छैन् ।  जसका कारण प्रयोगात्मकका लागि मध्यपश्चिम क्षेत्रीय आर्युर्वे्दिक औषधालय बिजौरी दाङ, राप्ती अञ्चल अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा जानुपर्ने बाध्यता रहेको आर्युवेद संस्थानका डिन प्राध्यापक डा। सञ्जय पोख्रेलले बताउनुभयो ।

विश्वबिद्यालयको भवनबाट सेवा शुरु गरेको अस्पताल अहिले आफ्नै भवनमा सरेको छ । जो कि पाँच नम्बर प्रदेशको राजधानी दाङ बनेमा प्रदेश मन्त्रालयहरु बस्ने भनी चर्चा गरिएको थियो । प्रदेश मन्त्रालय बस्नलाई पनि उचित मानिएको भवनमा राखिएको अस्पतालका सैयाले भवनलाई गिज्याईएको थियो ।

कार्यालय बाहिर फोहर,भित्र राखिएका केही पोका औषधी,ल्याबका सामाग्री, अस्पताल भित्र राखिएका बेडहरु मात्रै छन् । उक्त भवनको दोस्रो तलामा क्याम्पस प्रशासन छ ।
बिएएमएसका बिद्यार्थीहरुहरु त्यही भवनमा अध्ययन गर्छन । उक्त भवनको तल्लो तलामा अस्पाताल राखिएको छ । तर त्यहाँ पनि अब्यबस्थित त । फार्मेसीमा औषधि छैन,बिरामीका लागि बेड खालि खालि छन् ।

अहिले दाङका आर्युवेद औाषधालयले दिने गरेको सेवा भन्दा फरक सेवा दिन सकेमा मात्रै बिरामीहरु उपचारका लागि आउने अपेक्षा गरिएको छ । अस्पतालमा ल्याब, नर्सिङ, अनमी, लेखापाल, प्रशासनका लागि कर्मचारी आबश्यक पर्ने भएपनि त्यो अनुसार नहुँदा पनि समस्या भएको चिकित्सकहरुले बताउछन् ।

अस्पतालमा स्त्रीरोग विशेषज्ञ, जनरल सेवा, सर्जरी, रस सास्त्र, ल्याव सेवालगायतका सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याईएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com