ललितपुर, १५ असार । ललितपुरको कोज्योसोम गाउँपालिका–५ भारदेउमा बा ४ ख ५३६४ बस दुर्घटना भएको छ। लगनखेलबाट यात्रु बोकेर डिहेको बस लेले–चन्दनपुर सडकखण्डमा स्टेरीङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी रवीन्द्र रेग्मीले बस सडकबाट ६० मिटर तल खसेको जानकारी दिए।
रेग्मीका अनुसार अहिले त्यहाँ प्रहरी टोली उद्धारको लागि पुगिसेकेको छ। बसमा सवार ३५ जना यात्रु थिए। घाइते १६ जनालाई आनन्दवन अस्पतालमा उपचारको लागि ल्याएको र केहीलाई उद्धार गर्ने क्रम जारी छ। ‘घटनाको प्रकृति हेर्दा धेरै हताहत भएको देखिन्छ, हामी घाइतेलाई अस्पताल लग्दै छौं।’ घटनास्थलमा धेरै यात्रुको मृत्यु भएको आशंका गरिएको गाउँपालिका प्रमुख गोपीलाल सिङतानले बताए।



















प्रतिक्रिया दिनुहोस्