
गोरखा, १५ असार । असार १५ गते अर्थात धान दिवसमा गृहजिल्ला गोरखा आएका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई रोपाईंमा सहभागी भएका छन् ।
शुक्रबार उनी सिरानचोक गाउँपालिका–५ जरेबरस्थित कृष्ण कुमालको खेतमा रोपाईमा सहभागी भए । त्यहाँ उनले बीउ काड्ने, गोरु जोतेर हिल्याउने र धान रोप्ने कामसमेत गरे । उनी टिसर्ट र हाफपेन्ट लगाएर रोपाईमा सहभागी भएका थिए ।





















प्रतिक्रिया दिनुहोस्