रामेछाप, ८ असार । जिल्लाको सुनापती गाउँपालिका –१ मा करेन्ट लागेर एकजना वृद्धको ज्यान गएको छ ।
सुनापति गाउँपालिकाको गुन्सी ढोडेनीमा भुँइमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर दोरम्बा गाउँपालिका–५, गुराँसेका ७० वर्षीय पासाङ तामाङको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाका अनुसार डोको बेच्न हिँडेका तामाङको किसान जागरण समूह गुन्सीले उत्पादन गरेको विद्युतको लत्रिएको तारबाट करेन्ट लागेर मृत्यु भएको जानकारी दिए ।
स्थानीयले किसान जागरण समूह गुन्सीको लापरबाहीका कारण घटना घटेको आरोप लगाएका छन् । बिजुलीको पोल ढलेर विद्युत्तीय तार लत्रिँदासमेत सम्वन्धीत निकायले ध्यान नदिएकै कारण तामाङको मृत्यु भएको भन्दै स्थानियबासीले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्