ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन फडानी रोक्न प्रदेश साँसदको निर्देशन


एबीसी न्यूज

सर्लाही, २६ जेठ । जिल्ला वन कार्यालयले जानकीनगर साझेदारी वन क्षेत्रमा व्यापक वन फडानी गरेको गुनासो आए पछि जनप्रतिनिधी र सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरुले स्थलगत अनुगमन गरेका छन् ।

वैज्ञानिक वन व्यवस्थापनको नाउँमा वन कार्यालयले जानकीनगर साझेदारी वन क्षेत्रमा साल, हाडे, बाजी, हर्रो लगायतका लोपोन्मुख जातका रुख समेत  काटेको स्थानीयले गुनासो गरे पछि सर्लाही क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिपुर नगरपालिकाका मेयर जमरुद्धीन मंसुर, हरिवनका गणेश प्रसाई, बरहथवाका देवानन्द महतो, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय महासचिव भारती पाठक, सचिव वृष वहादुर शाही, सचिवालय सदस्य भरत घले, ठाकुर भण्डारी, स्थानीय समाजसेवीहरु चुडामणि वाग्ले, विदुर प्याकुरेल, पत्रकार लगायतको टोलीले वन क्षेत्रको स्थलगत अनुगमन गरेका हुन ।

अनुगमनका क्रममा वन कार्यालयले वैज्ञानिक वन व्यवस्थापनको नाममा त्यसरी जथाभावी आफुखुशि वन फडानी गर्न नमिल्ने भन्दै तुरुन्त कटान रोक्न प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले निर्देशन दिए ।

प्रदेश साँसद उप्रेतीले भने –“ अहिले सिंह दरवारको अधिकार गाउँ गाउँ सम्म आई सकेको छ, प्रदेश सरकार छ, स्थानीय सरकार छन् । वन कार्यलयले उनीहरुसँग समन्वय गर्नु पर्दैन ?” । प्रश्न गर्दै भने–“ उपभोक्ताले जोगाएका वन उनीहरुले नकाट भन्दा भन्दै पनि वन कार्यालयले जवरजस्ती आह्रा लगाउने ? यो गलत छ यसलाई तुरुन्त बन्द गर्नु पछ” ।

त्यस्तै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले आफुहरुले पटक पटक आग्रह गर्दा पनि वन कार्यालयले आफुखुशि कटान सुरु गरेको बताए । उनले वैज्ञानिक वन व्यवस्थापनको निति ठीक भए पनि जिल्ला वनको नियत ठिक नभएकोले रुख कटान तुरुन्त रोकिनु पर्ने बताए । त्यस्तै बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले उपभोक्ताको चाहाना विपरीत वन कार्यालय कहिल्यै जान नमिल्ने बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ(फेकोपन)का केन्द्रीय सचिवालय सदस्य ठाकुर भण्डारीले विकसित राष्ट्रमा समेत असफल भएको वैज्ञानिक वन व्यवस्थपन नेपालमा सफल हुन नसक्ने बताए । उनले बुढो पुरानो रुख काट्ने योजना भए पनि वन कार्यालयहरुले राम्रा रुख छानी छानी काट्ने गरेकै कारण वैज्ञानिक वन व्यवस्थापन फेल भएको बताए ।

जिल्ला वन कार्यालय सर्लाहीका वन अधिकृत नरेश ठाकुरका अनुसार जानकीनगर साझेदारी वन, फुलजोर वावा साझेदारी वन सहित जिल्लाका अन्य सामुदायिक वनहरुमा समेत वैज्ञानिक वन व्यवस्थापनका लागि बुढा पुराना रुख काटिने योजना छ । उनका अनुसार नेपालमा वैज्ञानिक वन व्यवस्थापन गर्न सकिए वर्षेनी १२ करोट क्यूफिट काठ उत्पादन गर्न सकिने दावी छ । उनले अहिले नेपालमा वैज्ञानिक वन व्यवस्थापन नभएकै कारण वर्षेनी ३५ लाख क्यूफिट काठ मलेसिया लगाएको देशबाट भित्रिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com