ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास पत्रकारीता अहिलेको आवश्यकता


एबीसी न्यूज


काठमाडौं २२ जेठ । विकास क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न विकास पत्रकार मञ्च (फोडेज) नेपालले इन्टरनेशनल कल्चरल अफेयर्स (आईसिए) को सहकार्यमा एक दिने कार्यशाला सञ्चालन गरेको छ ।

राजधानीमा सोमबार भएको एक दिने कार्यशालामा समय व्यवस्थापनदेखि विषयवस्तुको प्रस्तुतिसम्मका विषय समेटिएका थिए । आईसिएका अध्यक्ष प्राध्यापक डा. तत्वप्रसाद तिमिल्सिनाले सञ्चारकर्मीलाई समय व्यवस्थापन चुनौति भएको भन्दै आफ्नो क्षेत्रमा अघि बढ्न, योजना पूरा गर्न र कामलाई निरन्तरता दिन समयको अहं भूमिका हुने बताउनुभयो ।

एडवार्ड डेमिङले भनेजस्तै व्यक्तिगत रुपान्तरणविना केही कुरा सम्भव हुँदैन भन्दै उहाँले भन्नुभयोे, ‘व्यक्ति होस् वा संस्था, सफल हुनका लागि भिजन र एक्सनसहितको स्ट्राटेजिक प्लान नबनाएसम्म कठिन छ ।’ उहाँले विकास पत्रकारीता अहिलेको आवश्यकता भएको पनि बताउनुभयो ।

प्रशिक्षक हरेराम भट्टराईले विकास पत्रकारिताका समाचार विगतको तुलनामा धेरै आउन थालेको तर अझै गहिराईमा नआएको बताउनुभयो । उहाँले, भन्नुभयो, ‘समाचारमा तथ्य, अनुसन्धान र उदाहरणले पुष्टि दिन सके गरिमा बढ्नेछ, पाठकका लागि त्यो पत्रकार ब्राण्ड बन्न सक्नेछ । ’


त्यसैगरि कार्यक्रममा फोडेजका अध्यक्ष गोपीकृष्ण ढुंगानाले विकास पत्रकारिताको उद्देश्य प्राप्तिका लागि विगतको अनुभवसँग क्षमता अभिवृद्धिका लागि गरिएका सबै प्रयासलाई घुलमिल गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मञ्चका सचिव चन्द्रमणि भट्टराईले पत्रकारको आन्तरिक सञ्चार, अनुभव एवं सूचना आदान प्रदान, स्थलगत भ्रमण अवलोकनबाट पत्रकारको क्षमता विकास गर्ने र यसबाट पत्रकारको वुझाइमा एक रुपता ल्याउने काममा फोडेज लागिरहेको बताउनुभयो ।

त्यसैगरि फोडेजकी सदस्य सन्तोषी अधिकारीले मानव जीवनमा गुणात्मक परिवर्तन ल्याउन सक्नु नै विकास पत्रकारिताको उदेश्य भएकाले परम्परागत पत्रकारिताले नभइ प्रविधिजन्य, समय सुहाउँदो पत्रकारिताले नै समयको मागअनुरूप विकास गर्न सक्ने बताउनुभयो । कार्यशाला गोष्ठिमा टेलिभिजन, अखबार, अनलाइन र एफएमका सञ्चारकर्मी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com