ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास र समृद्धिका लागि संविधान संशोधन गर्न तयारः प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौँ, २२ जेठ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका मुद्दालाई अगाडि बढाउन सरकारले संविधान संशोधनदेखि लिएर पूरक बजेटसम्म ल्याउने बताउनुभएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा सोमवार साँझ राष्ट्रिय योजना आयोगमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले “समृद्ध नेपाल र सुखी नेपाली” सरकारको मूल लक्ष्य भएकाले त्यो लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “अबको हाम्रो प्राथमिकता विकास र सुशासन हो, त्यसका लागि सरकारको सबै संयन्त्र प्रयोग हुनुपर्छ र आवश्यकताअनुसार सबै कानून तथा नियम परिवर्तन गर्न सकिन्छ ।”

सरकारले अगाडि बढाएका विकासका मुद्दालाई राज्यका सबै निकायले सहयोग गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सबै मन्त्रालय, संवैधानिक निकायसहित अन्य निकायले पनि विकास र समृद्धिको कार्यलाई रोक्न नहुने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “संवैधानिक निकायले विकास र समृद्धिलाई अल्झाउने होइन, समाधान गर्ने हो, सहयोग गर्ने हो ।” उहाँले नागरिकले तिरेको करमा आश्रित जोकसैले पनि राज्यले अगाडि बढाएका कार्यलाई सहयोग गर्ने हो, अवरोध गर्ने होइन भन्नुभयो ।

देशभित्र आउने सबै खाले अन्तर्राष्ट्रिय सहयोग राज्यको आवश्यकताअनुसार खर्च हुनुपर्ने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले देशको आवश्यकता र प्राथमिकताका अधारमा वैदेशिक सहयोग लिइने स्पष्ट पार्नुभयो ।

जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गरेर आगडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले पहिले सरकारले जनतालाई बासको व्यवस्था गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले कति जनताको घर छैन, उनीहरु कस्तो अवस्थामा छन्, उनीहरुको एकीन गरेर बस्नेबासका लागि उचित वातावरण बनाउने उल्लेख गर्नुभयो ।

देशभित्र उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोगबाट उच्च कोटीको जीवन जीउन सकिने भन्दै प्रधानमन्त्री ओलीले स्वच्छ पिउने पानी, सफा वातावरण र खाद्यान्नको व्यवस्था हुनुपर्ने बताउनुभयो ।

सबै मन्त्रालयलाई स्पष्ट नयाँ कार्यक्रम ल्याएर अगाडि बढ्न निर्देशन दिँदै उहाँले ढुङ्गा फाल्दा जहाँ खस्यो, त्यही निशाना भनेजस्तो नगरी, कार्यक्रम तथा योजना बनाई निश्चित दृष्टिकोणसहित अगाडि बढ्न आग्रहसमेत गर्नुभयो ।

मन्त्रालयलाई कुन काम गर्न कस्तो समस्या प¥यो, जुन आफ्नो मन्त्रालय मात्रले समाधान गर्न सकिएन भने मात्र राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा ल्याउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आ–आफ्ना मन्त्रालयअन्तर्गत देखिएका समस्या राख्नुभएको थियो ।

सरकारका प्रवक्तासमेत रहनुभएका बाँस्कोटाले विकास निर्माणका कार्यहरुलाई अगाडि बढाउन अन्तरमन्त्रालय समन्वय आवश्यक भएको भन्दै त्यसका लागि एकीकृत अवधारणा र संयन्त्र खडा गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले विकास निर्माणका कार्य अगाडि बढाउने क्रममा सामान्य विषयमा पनि अदालत र अख्तियारमा उजुरी पर्ने र त्यसको छिनोफानो नभई काम अगाडि बढाउन नपाइने भएकाले ढिलासुस्ती हुने गरेको बताउनुभयो ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ४२ औँ बैठकमा कृषि विकास, भूमिसुधार तथा व्यवस्था, सहकारी तथा गरिबी निवारण क्षेत्रमा देखिएका समस्या समाधान गरेर अगाडि बढ्ने निर्णय भएको योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्प कँडेलले जानकारी दिनुभयो ।

बैठकमा २१ औँ बैठकको निर्णयको समीक्षा, वर्तमान आर्थिक अवस्थाबारे छलफल, मन्त्रालयबाट आएका समस्याको बारेमा चर्चा भएको र मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण कसरी अगाडि बढाउने, गरीबी निवारण कोषलाई कसरी चलाउने भन्ने विषयसहित १० वटा समस्यालाई समाधान गर्ने निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com