ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरदार भक्ति थापाको अर्धकदको शालिक अनावरण


एबीसी न्यूज
जेष्ठ ६, २०७५ आईतबार  ८ : ०६ बजे

 

लमजुङ, ६ जेठ । लमजुङमा निर्माण गरिएको सरदार भक्ति थापाको अर्धकदको शालिक अनावरण गरिएको छ । थापाको जन्मस्थल मस्र्याङ्दी गाउँपालिका–३ ढगै बेँसीमा निर्माण गरिएको शालिक शनिबार एक कार्यक्रमबीच प्रदेश नं ४ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अनावरण गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री लम्सालले राज्यले भक्ति थापाको योगदानको कदर गरेर राष्ट्रिय विभूति घोषणा गर्न नसक्नु दुःखदायी पक्ष रहेको बताउनुभयो । वीर योद्धा थापाले पु¥याएको उच्च योगदानको कदर गर्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री लम्सालले वीर योद्धाकै कारण विश्वमा नेपाली (गोर्खाली)को शिर उच्च रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा जिल्लाका सांसद, विभिन्न व्यक्तित्वसँगै विभिन्न जिल्लामा छरिएर रहेका थापा सन्ततिको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा सरदार भक्ति थापाका सन्ततिले उनलाई विभूति घोषणा गर्न सरकारसँग माग गरेका थिए । सरदार थापा राष्ट्रको गहना भएको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने उनीहरुको माग थियो ।

भक्ति थापाको जन्मस्थल ढंगैबेँसीमा थापाको शालिकसँगै सङ्ग्रहालय निर्माणमा जुट्ने तयारी रहेको भक्ति थापा जन्मस्थल संरक्षण संवद्र्धन तथा विकास समितिले जनाएको छ ।

विसं १८०२ मा खुदीको ढंगैबेँसीमा जन्मिएका भक्ति थापाको बाल्यकाल बितेको ढंगै क्षेत्र, बस्तुभाउ चराउने, छेलो हान्ने गरेका काँडेचौर, हर्सिङडाँडा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका हुन् ।

भक्ति थापाले १८३९ मा लमजुङ सेनाबाट गोर्खा सेनासँग युद्ध लडेको र पछि पराजित भएपछि नेपाल एकीकरणमा सहयोग गर्दै नेपाली सेनामा भर्ना भएको इतिहासमा उल्लेख छ ।

देउथलमा अंग्रेजविरुद्ध तरबारसहित ३०० सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर मृत्यु भएको थियो । तर अंग्रेज सेनाले वीर गोर्खालीको संज्ञा दिँदै थापाको शवमा दोसल्ला ओढाएर सम्मानकासाथ अमरसिंह थापालाई बुझाएकाले पनि उनको इतिहास नेपालको गौरवसँग जोडिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com