ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरीका मोटरसाइकल भन्सारमा बुझाइने


एबीसी न्यूज

 

रसुवा, २५ वैशाख ।  नेपाल प्रहरीले बरामद गरेका बेवारिसे चोरीका मोटरसाइकल भन्सार कार्यालयलाई बुझाउने तयारी भएको छ ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार चोरीकर्ताले विभिन्न ठाउँमा छोडेका १२ वटा मोटरसाइकल नेपाल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको र लिलाम प्रक्रियाका लागि रसुवा भन्सार कार्यालय, टिमुरेलाई बुझाउन लागिएको हो ।

बरामद भएका मोटरसाइकल प्रायः चालु हालतकै रहेका छन् । राजमार्गअन्तर्गत विभिन्न स्थानमा भेटिएका ती मोटरसाइकल नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय धुञ्चेको परिसरमा राखेको र चोरीका गतिविधि नियन्त्रणका लागि ठाउँठाउँमा जाँच गर्ने काममा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, केरुङ मार्गमा मालबाहक सवारीसाधन चलाउने सवारी चालक अनुमतिपत्रलाई पनि कडाइका साथ परीक्षण कार्य शुरु गरिएको छ । हालसम्मको परीक्षणबाट केही सवारी चालक नक्कलीसमेत भेटिएकाले त्यस्ता सवारी चालकलाई कारबाही प्रक्रियासमेत अगाडि बढाइएको बताइएको छ ।

रसुवागढी नाकाबाट ससाना सवारीसाधन केरुङतर्फ छोड्दा फल्स बटन बनाई सुन ल्याउने गरेको विगतको घटनालाई गम्भीरतापूर्वक मनन गरी मालबाहक ठूला सवारीसाधनबाहेक अन्य सवारीसाधन केरुङ जाँदा रसुवागढीको मितेरी पुलमै रोक लगाएपछि अवैध कारोबारको समस्या हल हुँदै गएको प्रहरी प्रमुख थापा क्षेत्रीले बताउनुभयो ।

नीति नियमको अधिनमा रही राज्यको पहरेदारको कार्य गर्न नेपाल प्रहरी सक्षम रहेको र हाल चालु एकमात्र नेपालको उत्तरी नाका रसुवागढी क्षेत्रमा अवैध कारोबारमा निगरानी बढाउन सिसी क्यामेरासमेत जडान भइसकेकाले परीक्षण कार्य थप प्रभावकारी बनाउन एक्स्रे मेशिनको खाँचो रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com