ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरीका मोटरसाइकल भन्सारमा बुझाइने


एबीसी न्यूज
२५ बैशाख २०७५, मंगलबार   ७ : ५१   बजे

 

रसुवा, २५ वैशाख ।  नेपाल प्रहरीले बरामद गरेका बेवारिसे चोरीका मोटरसाइकल भन्सार कार्यालयलाई बुझाउने तयारी भएको छ ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार चोरीकर्ताले विभिन्न ठाउँमा छोडेका १२ वटा मोटरसाइकल नेपाल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको र लिलाम प्रक्रियाका लागि रसुवा भन्सार कार्यालय, टिमुरेलाई बुझाउन लागिएको हो ।

बरामद भएका मोटरसाइकल प्रायः चालु हालतकै रहेका छन् । राजमार्गअन्तर्गत विभिन्न स्थानमा भेटिएका ती मोटरसाइकल नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय धुञ्चेको परिसरमा राखेको र चोरीका गतिविधि नियन्त्रणका लागि ठाउँठाउँमा जाँच गर्ने काममा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, केरुङ मार्गमा मालबाहक सवारीसाधन चलाउने सवारी चालक अनुमतिपत्रलाई पनि कडाइका साथ परीक्षण कार्य शुरु गरिएको छ । हालसम्मको परीक्षणबाट केही सवारी चालक नक्कलीसमेत भेटिएकाले त्यस्ता सवारी चालकलाई कारबाही प्रक्रियासमेत अगाडि बढाइएको बताइएको छ ।

रसुवागढी नाकाबाट ससाना सवारीसाधन केरुङतर्फ छोड्दा फल्स बटन बनाई सुन ल्याउने गरेको विगतको घटनालाई गम्भीरतापूर्वक मनन गरी मालबाहक ठूला सवारीसाधनबाहेक अन्य सवारीसाधन केरुङ जाँदा रसुवागढीको मितेरी पुलमै रोक लगाएपछि अवैध कारोबारको समस्या हल हुँदै गएको प्रहरी प्रमुख थापा क्षेत्रीले बताउनुभयो ।

नीति नियमको अधिनमा रही राज्यको पहरेदारको कार्य गर्न नेपाल प्रहरी सक्षम रहेको र हाल चालु एकमात्र नेपालको उत्तरी नाका रसुवागढी क्षेत्रमा अवैध कारोबारमा निगरानी बढाउन सिसी क्यामेरासमेत जडान भइसकेकाले परीक्षण कार्य थप प्रभावकारी बनाउन एक्स्रे मेशिनको खाँचो रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group