ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैद्यनाथ मन्दिर कटानको जोखिममा


एबीसी न्यूज
२२ बैशाख २०७५, शनिबार   ७ : ०८   बजे

अछाम, २२ वैशाख । सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाम मन्दिर कटानको उच्च जोखिममा परेको छ ।

मन्दिर नजिकै भएर बग्ने बूढीगंगा नदीले वर्षेनी कटान गर्दै गएको छ । कटान रोक्नका लागि धेरै पहल भए पनि प्रभावकारी हुन सकेको छैन । विसं १९८६ मा छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो । मन्दिर क्षेत्रका सबै संरचना बगाए पनि त्यहाँ रहेको शिवलिंग भने यथास्थानमै फेला परेको बताइन्छ । शिवलिंग फेला परेपछि फेरि मन्दिर स्थापना गरी पूजाआजा शुरु गरिएको थियो । नदीले वर्षेनी मन्दिर क्षेत्रको जमीन कटान गर्न थालेपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

धार्मिक तथा ऐतिहासिक क्षेत्रको कटान रोक्नका लागि सरोकार भएकाहरुले ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ । विगतमा जलउत्पन्न प्रकोप कार्यालय र तत्कालीन जिल्ला विकास समितिका पहलबाट कटान रोक्न प्रयास गरिए पनि प्रभावकारी भएन । अहिले नयाँ लागत अनुमान बनाएर कटान रोक्नका लागि पहल भइरहेको वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सवका उपाध्यक्ष डण्डिराज जोशीले बताउनुभयो । “कटान रोक्नका लागि पहल नभएको हैन”, उहाँले भन्नुभयो, “काम धेरै भयो, वर्षेनी नदीमा आउने बाढीले कटान गर्दै लैजाने गरेको छ, यस विषयमा सराकोरवाला पनि गम्भीर छन् ।”

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले वैद्यनाथ क्षेत्रको कटान रोक्न पहल गरिने बताउनुभयो । “मन्दिरको सरक्षण संवद्र्धनका लागि अब ठोस योजना बनाएर अगाडि बढ्न जरुरी छ”, कुँवरले भन्नुभयो; “मन्दिर वरिपरिको भूभाग कटान हुन नदिन प्रभावकारी तटबन्धन निर्माण गरिने छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group