ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोनिज पत्रकारिता पुरस्कारका लागि समाजसेवी गुरुङको ५० हजार सहयोग


admin
२१ बैशाख २०७५, शुक्रबार   २ : ०६   बजे

पोखरा, २१ वैशाख । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाद्वारा स्थापना गर्न लागिएको ‘फोनिज पत्रकारिता पुरस्कार’ अक्षयकोषका लागि समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले ५० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ ।

बिहीबार मिलन फाउण्डेशन नेपालका संरक्षक एवं मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष समेत रहनुभएका समाजसेवी गुरुङले फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगरलाई सो नगद हस्तान्तरण गर्नुभयो । यसैगरी, फोनिज कास्कीले आफ्नो पाँच महिने नेपाल बसाइँ सकेर कर्मथलो हङकङ फर्कन लाग्नुभएका समाजसेवी गुरुङलाई सुखद यात्राको कामनासहित बिदाइ समेत गरेको छ ।

सो अवसरमा बोल्दै समाजसेवी गुरुङले पत्रकारहरूको हौसलास्वरुप आफूले पुरस्कारका लागि सहयोगको सुरुवात गरेको र आगामी दिनमा पनि सक्दो सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले फोनिज पत्रकारिता पुरस्कारका लागि आफूले ढोका खोलिदिएको भन्दै यसले पत्रकारहरूको वृत्ति विकासमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकीका महासचिव सुरेन्द्र गुरुङले फोनिज कास्कीले पत्रकारिता पुरस्कारका लागि सुरु गरेको अभियानप्रति खुशी व्यक्त गर्दै आफ्नो व्यक्तिगत र संस्थागत तर्फबाट ‘फोनिज पत्रकारिता पुरस्कार अक्षयकोष’का लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा समाजसेवी गुरुङलाई बिदाइ गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ का सचिव रूद्रबहादुर श्रीसले फोनिज कास्कीले सुरु गर्न लागेको फोनिज पत्रकारिता पुरस्कार अक्षयकोषका लागि सहयोगको ढोका खोलिदिनुभएकोमा आभार व्यक्त गर्नुभयो । समाजसेवी गुरुङको सहयोगले सम्पूर्ण पत्रकारिता जगतको विकासका लागि एउटा इँट्टा थप्ने काम गरेको भन्दै श्रीसले आगामी दिनमा पनि समाजसेवी गुरुङको सहयोगको अपेक्षा समेत गरेको बताउनुभयो ।

त्यसैगरी, फोनिज कास्की शाखाका अध्यक्ष एमबी आस्था मगरले पुरस्कार अक्षयकोषका लागि समाजसेवी गुरुङको सहयोग अतुलनीय रहेको भन्दै आफूहरूले फोनिज पत्रकारिता पुरस्कारलाई मूर्त रुप दिनका निम्ति सिंगो फोनिज कास्की एकढिक्का भएर लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group