ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी भ्रमणको बेला अन्नपूर्ण पदमार्ग ३ दिन बन्द रहने


admin
२१ बैशाख २०७५, शुक्रबार   १२ : ३३   बजे

काठमाडौं, २१ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला अन्नपूर्ण पदमार्ग ३ दिनका लागि बन्द गरिने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि वैशाख २८ गते नेपाल आउन लागेका प्रधानमन्त्री मोदिले आसन्न नेपाल भ्रमणका क्रममा मुक्तिनाथ दर्शन गर्ने तय भइसकेको छ।

सोहि कार्यक्रम अनुरुप मुक्तिनाथ मन्दिर जानका लागि प्रयोग हुने बाटो अन्नपूर्ण पदमार्गमा पर्ने भएकाले अन्नपूर्ण पदमार्ग ३ दिनका लागि बन्द गरिने भएको हो।

मोदी भ्रमणको पूर्वसन्ध्यामा मुक्तिनाथ मन्दिरको सरसफाइको काम अघि बढेको छ। ‘हेलिकोप्टर ल्यान्ड गर्नका लागि हामीले ठाउँ बनाइसकेका छौं। मनाङको थोरङ्ला भञ्ज्याङबाट पनि मुक्तिनाथ आउनेको संख्या उल्लेख्य हुने भएकाले उक्त बाटो ३ दिनका लागि बन्द गर्ने निर्णय गरेका छौं,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिरिष पौडेलले भने, ‘भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ आउनुभन्दा ३ दिनअघिदेखि नै बाटो बन्द हुनेछ।’

३ दिनअघि नै पदमार्ग बन्द हुने भएकाले उक्त मार्ग हुँदै यात्रा गरिरहेका पदयात्रीलाई मनाङको चामे वा मनाङ गाउँमै रोक्ने तयारी स्थानीय प्रशासनले गरेको छ। साथै, मुक्तिनाथ मन्दिरमा मोदीले दर्शन गर्ने दिन अर्थात् वैशाख २८ शुक्रबार कसैलाई पनि दर्शन गर्न नदिने तयारी भएको छ।

शुक्रबार जनकपुर ओर्लिने भारतीय प्रधानमन्त्री मोदी दुईवटा हेलिकोप्टरको स्कर्टिङसहित मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म जानेछन् र त्यहाँ पूजा गरिसकेपछि काठमाडौं फर्किने तालिका छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group