ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय अन्डरवर्ल्ड डन छोटा राजनलाई आजीवन काराबास


admin
बैशाख २०, २०७५ बिहीबार  ४ : ४२ बजे

काठमाडौं, २० वैशाख । भारतका अपराधिक गिरोह समूहका नाइके छोटा राजनलाई सन् २०११ मा भएको एक जना पत्रकारको हत्यामा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको छ।

भारतीय खोज पत्रकार ज्योतिर्मय डेको सात वर्षअघि गोली हानी हत्या भएको थियो । मोटरसाईकलमा आएका चार व्यक्तिको समूहले उनको हत्या गरेको थियो । सो गोली हान्ने निर्देशन अन्डरवल्र्डमा छोटा राजन भनि चिनिने राजेन्द्र सदाशिव निकल्जेले दिएको ठहर मुम्बईको एउटा अदालतले गरेको हो।

छोटा राजनलाई आठ सहयोगीसहित उक्त हत्यामा बुधवार दोषी ठहर गरिएको हो। सो मुद्दाका एक जना सन्दिग्ध अझै फरार रहेका र अर्का एक जनाको मृत्यु भइसकेको बताइएको छ। पत्रकार जिज्ञा भोरा र अर्का एक जना अभियुक्तलाई प्रमाण नपुगेको भन्दै अदालतले सफाइ दिएको छ।

डेले तयार पारेका समाचार सामग्रीबाट छोटा राजन क्रुद्ध भएको बताइएको छ। सन् २०१५ मा इन्डोनेसियाबाट भारत ल्याइएपछि छोटा राजन प्रहरीको हिरासतमा राखिएको थियो। आपराधिक गिरोहको नाइके बन्नुअघि राजन मुम्बईमा सानातिना अपराधहरूमा संलग्न भएको बताइन्छ।

दुई वर्षअघि अस्ट्रेलियाबाट बाली आएर नक्कली परिचयसहित बसिरहेको अवस्थामा उनी पक्राउ परेका थिए।

पत्रकार डेको हत्या भएको देख्ने साक्षी नभए पनि अन्य १५५ जनाले अभियोगका पक्षमा बयान दिएका थिए। डे मुम्बईमा अपराधसँग सम्बन्धित विषयवस्तुमा समाचार लेख्ने उत्कृष्ट पत्रकार थिए। उनले मुम्बईको भूमिगत अपराधको साम्राज्य र तिनका नाइकेहरूबारे समाचार लेखेका थिए।

डेको हत्यापछि मुम्बईमा पत्रकारहरूले सुरक्षाको माग गर्दै विरोधप्रदर्शन गरेका थिए। मुम्बई प्रहरीले अनुसन्धान थालेको भए पनि पछि डेको हत्याको विषय केन्द्रीय गुप्तचर निकायलाई हस्तान्तरण गरिएको थियो। छोटा राजनविरुद् हत्या, असुली र लागुपदार्थ तस्करीका अरू आरोपहरू पनि छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

सर्वोच्चको आदेशः दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com