ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुरे संरक्षण हुन नसकेकोमा पूर्व राष्ट्रपति यादव चिन्तित


admin
११ बैशाख २०७५, मंगलबार   ६ : ०१   बजे


काठमाडौं, ११ वैशाख ।
पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चुरे क्षेत्रको संरक्षणमा गम्भीर हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्र्नुभएको छ ।

बारबरा फाउन्डेसनले मंगलबार काठमाडौमा आयोजना गरेको बारबरा एडम्स खोजी पत्रकारिता सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादवले चुरेको संरक्षणका लागि आफुले पटक पटक ध्यानाकर्षण गराउदा पनि कसैले पनि ध्यान नदिएको गुनासो गर्नुभएको हो ।

यादवले चूरे संरक्षणका लागि सरकार सम्बद्ध सबै निकायको समन्वय आवश्यक हुने बताउनुभयो । यादवले चुरेको संवेदनशीलताका बारेमा तराईका बासिन्दा विस्तारै सचेत हुन थालेको भन्दै चुरे प्रभावित क्षेत्रका सांसद अझ बढी गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । उहाँले चूरे बिनासको अध्ययन गर्दै यसको समोचित संरक्षणमा जुट्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वराष्ट्रपति यादवले यसवर्षको बारबरा एडम्स खोजी पत्रकारिता सम्मान पत्रकार दिलिप पौडेललाई प्रदान गर्नुभयो । पुरस्कारको राशी १ लाख १ रुपैयाँ रहेको छ ।

बारबरा फाउन्डेसनले आहृवान गरेको अपिल अनुसार पुरस्कारका लागि ४५ वटा आवेदन परेको थियो । त्यसमध्ये निर्णायक समितिको ३ चरणको छनोट प्रक्रियाबाट पौडेललाई चयन गरिएको फाउण्डेसनले जनाएको छ ।

पत्रकार तथा लेखिका बारबरा एडम्सले खोजी पत्रकारिताको संस्थागत विकासका लागि १० लाख राशीको अक्षयकोष स्थापना गर्नुभएको थियो । यो पुरस्कार सन् २०१६ देखि प्रदान गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group